चितवनः आफ्नो क्षेत्राधिकार भित्र रहेका विद्यालयहरुमा लागु गर्ने गरि भरतपुर महानगरपालिकाले महानगर भित्र रहेका विद्यालयहरुमा स्थानीय पाठ्यक्रम लागु गर्ने तयारी गरेको छ । शैक्षिक सत्र २०७७ मा लागु गर्ने योजनाका साथ पाठ्यक्रम वनाउन लागिएको भरतपुर महानगरपालिकाको शिक्षा महाशाखाले जनाएको छ ।
महाशाखा प्रमुख सिताराम कोईरालाका अनुसार आउँदो शैक्षिक सत्रवाट कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रममा पढाई सुरु गर्न लागिएको हो । स्थानीय आवश्यकता, विषयवस्तु, स्थानीय विज्ञता, र सहभागितामा पाठ्य पुस्तक तयार गर्न लागिएको उहाँले जानकारी दिनु भयो ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार भरतपुर महानगरपालिकाको परिचय, समाज, स्थानीय, संस्कृति र कला, स्थानीय पर्यटन, स्थानीय व्यवसाय, पेशा र प्रविधि, स्थानीय जडीवुटी तथा उपचार विधि, स्थानीय खेलहरु, विपद व्यवस्थापन, शहरी विकास, वातावरण संरक्षण, सभ्य र स्वास्थ्य जीवन विषयलाई समेटीने छ ।
पाठ्यपुस्तक निर्माणका लागि लेखनाथ खनालको संयोजकत्वमा गत मंसिर १७ गते आठ सदस्यीय कार्यदल गठन भएको थियो । कार्यदलका सदस्यसचिव रुद्र शर्माका अनुसार कार्यदलले आफ्नो अन्तिम प्रतिवेदन तयार गर्ने क्रममा रहेको छ । प्रतिवेदन तयार गरि यहि भदौ पहिलो सातामा नगर शिक्षा समितिमा पेश गर्ने छ ।
नगर शिक्षा समितिले यहि भदौ ७ गते हुने नगर कार्यपालिका वैठकमा पेश गर्ने तयारी गरिएको छ । कार्यपालिकाले अनुमोदन गरे संगै स्थानीय पाठ्यक्रम लागु हुने छ । पुस्तकको नाम ‘हाम्रो गौरव भरतपुर महानगर’ प्रस्ताव गरिएको छ । यसको टुङ्गो कार्यपालिकाको वैठकले लगाउँदै छ । १०० पूर्णाङ्कको पाठ्यपुस्तक निर्माण गर्न लागिएको हो । स्रोत केन्द्र स्तरीय अन्तरक्रिया तथा विज्ञहरु संग छलफल गरि पाठ्यक्रम निर्माण भईरहेको छ । महानगरले स्थानीय पाठ्यक्रम प्रारुप २०७१ र स्थानीय पाठ्यक्रम विकास र कार्यान्वयन मार्ग निर्देशन २०६७ अनुसार पाठ्यक्रम निर्माण गरिरहेको जनाएको छ ।
महानगर भित्र रहेका १ सय २३ सामुदायीक विद्यालय र ९७ वटा संस्थागत विद्यालयमा पाठ्यक्रम लागु हुने छ । पाठ्यक्रम लागु भए संगै हप्तामा पाँच घण्टी एउटा कक्षामा पढाईनु पर्ने छ । यसका अतिरिक्त सामाजिक, शारिरिक र सृजनात्मक कला विषयमा २० पुणाङंकको परिक्षा समेत लिनु पर्ने हुन्छ । यसको व्यवस्थापन शिक्षकलेनै गर्नु पर्ने हुन्छ ।
अहिले यहाँका विद्यालयहरुले स्थानीय पाठ्यक्रमका रुपमा अग्रेजी, गणीत र विज्ञान विषयलाई प्रथामिकता दिईदै आएको छ ।

प्रतिक्रिया दिनुहोस !