
चितवनः भूकम्प गएको चार वर्ष वितिसक्दा पनि शैक्षिक संस्थाहरुको भवन वन्न नसक्दा विद्यार्थीहरु त्रासका विच अध्ययन गर्न वाध्य भएका छन् । कतै कक्षा कोठमा टेका लगाएर पठनपाठन गरिएको छ भने कतै पानी हुने समस्याले ठूलो पानी पर्दा विदा सम्म गर्नु पर्ने वाध्यता रहेको छ ।
पूर्वि चितवनको रत्ननगर नगरपालिका पिठूवामा रहेको जनजागृति माध्यामिक विद्यालयमा भूकम्पका कारण भत्किएको भवनलाई टेका लगारनै पठन पाठन भई रहेको छ । जहाँ विद्यालयको १० वटा कोठामा भूकम्पले क्षेती पुर्याएको थियो । विद्यालयका प्रध्यानाध्यापक विनोद प्रसाद अधिकारीका अनुसार भूकम्प गए पछि देखिनै विद्यालयको पर्खाल धान्नका लागि टेका लगाउने काम गरिएको हो । उहाँले भन्नुभयो “भूकम्प गएको साल देखिनै फलामका पाताहरुले पर्खाल धानेर पढाउनेकाम भई रहेको छ ।” विद्यार्थीहरु त्रासका विच पढ्न वाध्य भएको उहाँ भनाई थियो ।
यस्तो अवस्थामा रहेको यस विद्यालयमा दुई वटा कक्षा कोठामा टेका लगाईएको छ । कक्षा ९ र ७ मा अध्ययन गर्ने विद्यार्थीहरु अहिले त्रासको वातावरणमा वढ्न वाँध्य भएका हुन । कक्षा सात मा अहिले ४० जना विद्यार्थी अध्ययन रत रहेका छन् भने कक्षा ९ मा ३५ जना विद्यार्थी अध्ययनरत रहेका छन् । ती कक्षामा पाँच वटा सम्म सेक्सनमा पठनपाठन हुने गरेको छ । कक्षा ९ मा अध्ययनरत छात्र समिक्षा लामिछाने कक्षा कोठामा पुगे पछि वाहिर निस्कन नसक्ने गरेको वताउँछीन । मान्छे हड्दिा होस वा वाटोमा वस हिड्दा पनि पर्खाल भत्नके हो कि भन्ने डर हुने गरेको उनको भनाई छ ।
यस्तै कक्ष सातमा अध्ययनरत सम्पदा खनाल आँफुलाई कहिले के हुन्छ भन्ने डरमा वस्न वाध्य छिन् । भवन भत्केर किच्नेत होईन भन्ने चिन्ताले उनलाई सताउँदा विद्यालयमा शिक्षकले सिकाएको कुरा समेत राम्रो संग सिक्न नसकेको उनको गुनासो छ ।
सो विद्यालयका बिज्ञान विषयका शिक्षक पवन लामिछाने विद्यार्थीहरुको मनोवलमा समेत असर गरेको वताउनु हुन्छ । भौतिक संरचना कति खेर भत्कनेहो भन्ने चिन्ताले विद्यार्थीहरुमा अध्ययन गर्ने वातावरण समेत वन्न नसकेको उहाँको भनाई थियो ।
यस्तै भरतपुरमा रहेको भरतपुर माविको पनि उस्तै हालत रहेको छ । विद्यार्थीहरु पानी पर्दा चुहिने विद्यालयमा वसेर पढ्न वाध्य रहेका छन् । भूकम्पका कारण सो विद्यालयको १२ कोठे भवनमा क्षेती पुगेको थियो । अहिले भूकम्प पुनर्निमाण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई शिक्षाले चार वटा कोठा मात्रै वनाईदिएको छ । त्यती कोठाले मात्र प्रयाप्त नहुने विद्यालयले जनाएको छ ।
विद्यालयका प्रध्यानाध्यापक खेमनारायण पौडेल एउटा विद्यालयको पूर्ण संरचना एक पटकमा नहुने भएकाले पूनःनिर्माणमा समस्या देखिएको वताउनु हुन्छ । अझै ८ वटा कक्षा कोठा निर्माण गर्नुपर्ने अवस्था रहेको पौडेलले बताउनुभयो । ‘वर्षाको समयमा पानी चुहिने , बाटोमा सवारी साधन हि“ड्दा हल्लिएर डराउनुपर्ने अवस्था छ ,’ उहाले भन्नुभयो ,‘ जसो तसो अध्यापनको काम भइरहेको छ । ’ विद्यालयले वर्षाको पानी छेक्न निजि स्रोतको प्रयोग गरेर टिनको छानो हालेको छ ।
भूकम्प पुनर्निमाण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा) को तथ्याङ्क अनुसार हाल सम्म १ सय ६१ कक्षा कोठा निर्माण सम्पन्न भएको छ । आर्थिक वर्ष २०७३÷७४ मा जिल्लाका विभिन्न विद्यालयहरुमा २३ वटा कक्षा कोठा निर्माण गरिएको थियो । सो वर्ष २ कोठे ३ वटा , ३ कोठे २ वटा र ४ कोठे २ वटा ब्लक तयार गरिएका थिए । आर्थिक वर्ष २०७४÷७५ मा २७ वटा कक्षा कोठा निर्माण गरिएको थियो । सो वर्ष २ कोठे ३ वटा, ३ कोठे ३ वटा र ४ कोठे २ वटा ब्लक तयार गरिएका थिए । पहिलो चरण अन्र्तगत २०७५÷७६ मा कुल १ सय ५१ वटा कक्षा कोठा निर्मँण पुरा भएको इकाईका सुचना अधिकारी इन्जिनियर सरोज श्रेष्ठले जानकारी दिनुभयो । पहिलो चरणमा २ कोठे १३ वटा , ३ कोठे ३ वटा र ४ कोठे २० वटा ब्लक तयार गरिएको हो । यस चरणमा ५० वटा शौचालय समेत निर्माण गरिएकाथिए । भूकम्प गएको एक वर्ष पछि मात्र पुर्ननिर्माण प्राधिकरण गठन हुनु र त्यसपछि मात्र कामको थालनी हु“दा निर्माणमा ढिलाई भएको श्रेष्ठको भनाई छ ।
हाल दोस्रो चरणको निर्माण कार्य सञ्चालन भइरहेको छ । दोस्रो चरण अन्र्तगत १ सय ५३ वटा कक्षा कोठा निर्माणधिन छन् । यस चरणमा २ कोठे २२ वटा , ३ कोठे ७ वटा र ४ कोठे २२ वटा ब्लक तयार गरिंदैछन् । निर्माण कार्य सुरु गरिएका विद्यालयमा यस वर्ष पनि ५० वटा शौचालय बनाइंदैछ । जिल्लामा अझै ३ सय ६६ वटा कक्षा कोठा निर्माण गर्न बा“की छन् ।