चितवनः मुसाको कानमा हुने किर्ना माईटको टोकाईवाट लाग्ने स्कपटाईफसका ३ सय ३३ जना संक्रमित भेटिएका छन् । गत आर्थिक वर्षमा २ हराज १ सय ९७ जनाको परिक्षण गरिएकोमा सो संख्यामा संक्रमित भेटिएको हो ।
आँखाले देख्न नसक्ने र मुसाहरुको चहलपहल वढि हुने ठाउँमा वस्दा यो किर्नाले टोकर यो रोग सर्ने गर्दछ । अघिल्लो आर्थिक वर्षमा यसको संक्रमण ४ सय १० जनामा भेटिएको थियो । कार्यालयका किट नियन्त्रक राम केसीका आुसार विभिन्न जिल्लावाट आएका गरि सो संख्यामा भेटिएका हुन ।
यस्तै ३१ जनामा डेंगुको संक्रमण भेटिएको छ । गत आर्थिक वर्षमा एक हजार ९ सय ९१ जनाको रक्त परिक्षण गरिएकोमा सो संख्यामा संक्रमीत भेटिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । केसिका अनुसार भेटिएका संक्रमितहरु मध्ये १५ जना चितवनका रहेका छन् भने अन्य वाहिरी जिल्लाका रहेका छन् ।
जिल्लाको शहरी क्षेत्रमा वढी संख्यामा संक्रमण भेटिएको उहाँले जानकारी दिनु भयो । जिल्लामा वढी मात्रामा भरतपुर महानगरपालिकाको वडा नम्वर १,२,३, १०, ११ मा भेटिएका थिए । यी क्षेत्रमा वढी संख्यामा सवारीसाधन मर्मत गर्ने काम हुने र सो स्थानमा पानी लामो समय सम्म जम्ने भएकाले यी क्षेत्र जोखिमा रहेको वचाउनु भयो ।
एजेप्टाई र एडिस एल्बोमेक्टस नामको पोथि लामखुट्टेको टोकाईवाट सर्ने यो रोग रत्ननगर र राप्ती गनरपालिकामा पनि जोखिम भएको उहाँले जानकारी दिनु भयो । अघिल्लो आर्थिक वर्षमा जिल्लामा ५९ जनामा डेंगुको संक्रमण भेटिएको थियो । १ हजार ४ सय ८६ जनाको परिक्षण गरिएकोमा सो संख्यामा संक्रमित भेटिएको थियो ।
कार्यालयले गत आर्थिक वर्षमा ४ हजार २ सय ७५ जना गर्भवती महलिालाई निशुल्क झुल वितरण गरेको छ । जिल्लामा रहेको स्वास्थ्य चौकी देखि उपचार केन्द्र सम्ममा गरि सो संख्यामा झुल वितरण गरिएको हो । स्वास्थ्य संस्थामा गएर गर्भवती परिक्षण गराउने क्रममा उनीहरुलाई झुल वितरण गर्ने गरिन्छ ।