चितवनः पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधव कुमार नेपालले दुई अध्यक्षहरुले पार्टी एकतालाई टुङ्गो लगाउने ईच्छाशक्ति नदेखाउँदा एकतामा ढिलाई भएको आरोप लगाउनु भएको छ । आज भरतपुरमा पत्रकारहरु संग कुराकानी गर्दै उहाँले एकतालाई टुङ्गाउने चाहना र संकल्पले मात्रै एकता सफल हुने वताउनु भएको हो ।
उहाँले भन्नुभयो “जहाँ चाहा त्यहाँ राह हुन्छ ।” ईच्छाशक्ति देखाएमा एकताको प्रकृया चाँडैनै टुङ्गो लाग्ने वताउनु भयो । पार्टी भित्र विवादहरु हुने भन्दै उहाँ ती विवादलाई मिलाएर छिटो भन्दा छिटो एकता प्रकृया टुङ्याउन आवश्यक रहेको वताउनु भयो । एकता प्रकृया लामो वन्दा कार्यकर्तामा नैरास्यता छाएको उहाँको भनाई थियो । विधि विधान अनुसार पार्टीलाई अगाडी वढाउन सकेमा समस्याहरु समाधान भएर एकता प्रकृया टुङ्गिने उहाँको विश्वास थियो । उहाँले भन्नुभयो “विधि विधान वाहिर जान खोज्दा समस्या आएको हो ।”
पार्टी भित्रको जटिलतालाई अन्त्य गर्दै अघि वढ्नु आजको आवश्यकता रहेको उहाँले वताउनु भयो । एकता प्रकृया साउन महिना भित्र टुङ्गो लगाउन आवश्यक रहेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “एकता प्रकृया अनौठो कुरा होईन चाँढै सकीन्छ ।”
पत्रकारहरु संगको कुराकानीमा सरकार प्रति केहि नरम रुपमा प्रस्तुत हुनु भएका नेपालले अहिलेको सरकारको काम कारवाहिलाई पार्टीभित्र छलफल गर्नु आवश्यक रहेको वताउनु भयो । “छलफल र वहस जरी जनपछिय कामका लागि सरकारलाई दवाव दिन अनुगमन प्रणालीलाई वलियो वनाउनु पर्छ” उहाँले भन्नुभयो । सरकारको काम कारवाहिमा ढिलासुस्ति गर्ने, काम नगर्ने, वदमास गर्ने, भ्रष्टाचार गर्नेलाई कारवाहि गरेर अघि वढ्नु पर्ने उहाँको भनाई थियो । उहाँले भन्नुभयो “दण्डहिनतालाई राख्नेहो भने यथास्थितीमा सुधार गर्न सकीदैन ।”

प्रतिक्रिया दिनुहोस !