चितवनः विप्लव निकट नेकपाले चितवनमा आफ्नो चहलपहल वढाउन थालेको छ । जिल्लामा तीन दिन यता लगातार विभिन्न अपराधिक कृयाकलापमा संलग्न हुदै जिल्लामा विभिन्न गतिविधिहरु गर्दै आएको छ ।
जसको पछिल्लो उदाहारण कालिका नगरपालिका वडा ३ मा गरेको छ । आज विहान २ वजे अज्ञात समुहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दानवहादुर मल्लले जानकारी दिनु भयो ।

आगलागी भएको सुचना पाए लगत्तै प्रहरी र स्थानीयको सक्रियतामा आगो नियन्त्रर्णमा लिईएको थियो । आगलागीका कारण कार्यालयमा रहेका कागजपत्र, फर्निचरहरु जलेर नष्ट भएको उहाँले जानकारी दिनुभयो । विप्लव निकट नेकपाले आगलागी गरेको हुन सक्ने अनुमानमा अनुसन्धान सुरु गरिएको मल्लले वताउनु भयो ।

कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले रातको समयमा मोटरसाईकलमा आएका व्याक्तिहरुले पेट्रोल छर्केर आगलगाएको वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !