चितवनः सरकार द्धारा प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव समुह)ले जिल्लामा आफ्नो सक्रियता वढाउँदै लगेको छ । मंगलवार राति ईच्छाकामना गाउँपालीकाको वडा कार्यालय तोडफोड गरेको सो समुहले वुधवार राति कठारमा रहेको एनसेलको टावरमा आगजनि गरेको छ ।
खैरहनी नगरपालिका १० कठारमा रहेको एनसेल टावरमा सो समुहले आगजनि गरेको हो । आगजनीबाट टावरमा क्षति पुगेको प्रहरीले जनाएको छ । घटनामा संलग्नको पहिचान हुन कठिन भएको प्रहरीले जनाएको छ ।
विप्लव समुहले आफ्नो गतिविधि वढाए संगै प्रहरीले पनि आफ्नो सक्रियता वढाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दानवहादुर मल्लले जानकारी दिनु भयो । घटना भएको सुचना पाउना साथ सो क्षेत्रमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको र दोशिको खोजि भईरहेको उहाँले वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !