
चितवनः नारायणगढ मुग्लिन सडक खण्डमा कन्टेनर त्रिशुलीमा खस्दा एक जना वेपत्ता भएका छन् भने एक जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार वेपत्ता हुनेमा विरगञ्ज वस्ने ३६ वर्षिय कम्लेश साह रहेका छन् ।
नारायणगढवाट मुग्लिन तर्फ जाँदै गरेको वा २१ च ११३३ नम्वरको कारलाई विपरित दिशावाट आउँदै गरेको ना ७ ख ३९३९ नम्वरको खालि कन्टेनरले ठक्कर दिदा कन्टेनर अनियन्त्रीत भई त्रिशुलिमा खसेको थियो । आज दिउँसो ईच्छाकामना गाउँपालिका वडा नम्वर ६ जविरेमा दुर्घटना भएको हो । सडक वाट करिव ८० मिटर तल त्रिशुलीमा कन्टेनर खस्दा कन्टेनरका चालक वेपत्ता भएका हुन भने सहभालक विरगञ्जका २० वर्षिय अजय साह गम्भिर घाईते भएका हुन । वेपत्ता चालक साहको खोजि कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोईरालाले जानकारी दिनु भयो ।
कन्टेनर संग ठक्कर खाने कार र चालक प्रहरीको नियन्त्रर्णमा रहेको छ ।