चितवनः कारागार कार्यालय चितवनमा रहेका लागुऔषध प्रयोग कर्ता तथा ओसारपसार गर्नेहरु पछुताउन थालेका छन् । लागु औषध गाँजा लगाउनेहरु पनि पक्राउ पर्न थालेपछि लागुऔषधका व्यवसायीहरु चिन्तीत वन्न थालेका हुन ।
वारिमा गाँजा लगाएर वेचेको अभियोगमा पक्राउ पर्नु भएकी मकवानपुरकी हरिमायाँ लो तामाङ् अहिले आफ्नो कर्मलाई देखेर चिन्तित वनेकी छन् । उनले भन्नुभयो “घर परिवारमा छोराहरुले समेत यो व्यवसाय गर्न नहुने भन्दै गर्दा पनि आँफुले गरेकोमा अहिले पछुताउदै छु ।”
घरमा कमाईको मुख्य श्रोतको रुपमा गाँजा खेति गर्दै आउनु भएकी लो लाई जिल्ला अदालत हेटौडाले ३१ महिन जेल सजाय तोकेको थियो । १७ महिना देखि कारागार जिवन विताउनु भएकी उहाँले भारतीय नागरिकले प्रलोभनमा पारेर गाँजा खेति गर्न लगाएको वताईन । आँफुलाई प्रहरीले पक्राउ गर्दा गाउँभरीनै गाँजा लगाउने गरेको वताउँदै लो ले आँफु गाउँ गए पछि सवैलाई गाँजा खेति नगर्न आग्रह गर्ने जानकारी दिनु भयो ।
आँफुले गाँजा खेति गर्दा पाएको दुःख अरुले नपाउन भन्ने उनको सोचाई छ । गाँजा वनाउँदा दुःख भए पनि प्रति किलो रु ५ हजार सम्म विक्ने हुँदा कमाई हुने तर पक्राउ परे संगै कारवाहि भोग्न दुख रहेको उनको भनाई थियो । उनले अहिले कारागार भित्र वसेर गलैचा वुन्दै छिन् । आँफु तोकेको समय सकिए पछि गाउँ गएर खेति गर्ने र सिकेको सिपको सदुपयोग गर्ने वताईन ।
यस्तै अर्का लागुऔषध कारोवारी दिल वहादुर गुरुङ् अहिले राज्यका कारण नेपाली लागुऔषध ओसारपोसार र गर्न वाध्य भएको वताए । आँफु अहिले दोस्रोपटक परेको वताउने उनले साथिभाईहरु आँफुलाई फसाएको वताए । उनलाई गाउँमा चरेश निर्माणको समयमा पक्राउ परेकाले आफ्नो नाम पोले संगै आँफु पक्राउ परेको वताए । ६३ वर्षिय गुरुङ् नेपालवाट सेटिङ्गमा विदेश चरेश पठाउने गरेका रहेछन् । पहिलो चरणमा आँफु धरौटिमा छुटे पछि चिनमा गएर वसेको समयमा आँफु माथि मुद्धा लागेको वताउने उनले अवका पुस्तालाई भने यो व्यवसायमा नगर्न आग्रह गर्ने वताए ।
यो व्यवसायवाट आम्दानी राम्रो भए पनि प्रहरीको नजरमा परिने र पक्राउ परे संगै समाजले हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आउने गरेको उनको भनाई छ । समाजमा आएको परिवर्तन संगै यसलाई व्यवसायीक वनाउन राज्य लाग्नेहो भने आँफुहरु जस्ता धेरैको जीवनमा परिवर्तन ल्याउन सकीने वताए ।
आँफु पुरानो स्वास्थ्य कर्मी भएकाले पनि यसका फाईदा र वेफाईदाका विषयमा ज्ञान हुँदा हुँदै प्रलोभनमा परेर जिवन नरकिए वनाएको वताए ।
अहिले कारागार कार्यालय चितवनमा उनीहरु जस्ता २ सय जना कैदिवन्दिहरु रहेका छन् लागुऔषधका मात्रै । ती मध्ये अधिकांश २० देखि ३० वर्ष उमेर समुहका रहेका छन् । उनीहरु गरिविका कारण लागुऔषध ओसारपोसारमा पर्ने गरेको देखिएको छ । कतिपय प्रयोग कर्ता समेत रहेका छन् । उनीहरुलाई अहिले कानुनि प्रावधानमा वाँधिदा घर परिवार र समाजले हेर्ने दृष्ट्रिकोणमा समेत परिवर्तन आएको महशुस भएको छ । यस्तै दोस्रोमा जवरजस्ति करणीका दोशिहरु रहेको कारागार कार्यालय चितवनका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिनु भयो । काफ्लेका अनुसार जवजस्ति करणीका १ सय ६३, कतव्य ज्यान र गैंडा केसका ८४÷८४ जना रहेका छन् ।
कारागार कार्यालयको क्षमता २ सय ८० जनाको रहेको छ । तर कार्यालयमा अहिले ७ सय ७१ जना कैदि वन्दि रहेका छन् । उनिहरु संग आश्रीत दुई वालवालीका समेत रहेका छन् । नवलपुर जिल्लामा जिल्ला कारागार नहुँदा त्यहाँका कैदी वन्दिहरु पनि चितवन आउने र अन्य जिल्लाहरुवाट पनि विरामी कैदी वन्दिहरु यहाँ पठाउने हुँदा कारागारमा कैदिवन्दिको चाप वढ्दो मात्रामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस !