चितवनः ठेकेदार र सोरकारवाला निकायको लापरवाहिका कारण भरतपुरको वाईपास रोड निर्माणको कामले तिव्रता पाउन सकेको छैन । एक वर्ष तीन महिनामा सम्पन्न गर्नु पर्ने काम दुई वर्ष ६ महिनामा पनि सम्पन्न हुन सकेको छैन ।
एक वर्ष तीन महिनामा सम्पन्न गर्ने गरि ठेकेदार कम्पनीले वोलपत्र सकारेको यहाँको वाईपास सडक ३० महिना पुरा हुँदा ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । भरतपुरको आँपटारीवाट केन्द्रिय वस ट्रमिनल सम्मको यो सडकमा जिल्ला प्रशासन सहितका अधिकांश सरकारी कार्यालय रहेका छन् ।
डिभिजन सडक कार्यालय भरतपुरकी ईन्जिनियर गीताञ्जली कोईरालाका अनुसार वि.सं. २०७३ को पुष २५ मा गौरी पार्वती निर्माण सेवाले १५ महिनामा काम सक्ने गरि रु १२ करोड ८२ लाख ८१ हजारमा सडक विस्तारको वोलपत्र सकार गरेको थियो । त्यस पछि पटक पटक मिति थप गर्दै यहि असारमा अन्तिम म्याद सकीएको छ । म्याद थपको प्रकृया भईरहेको कोईरालाले जानकारी दिनु भयो ।
सो सडक विस्तार पछि सात मिटरका दुई तर्फि कालोपत्रे सडक, विचमा डेढ मिटरको डिभाईडर र छेउ छेउमा दुवै तर्फ ४÷४ मिटरका ग्रावेल सडक हुने छन् । कोईरालाका अनुसार विद्युत र टेलिफोनका पोल सार्न, सडकमा रहेक रुख काट्न र खानेपानी एवं ढलका पाईप सार्न समय लागेकाले सडक विस्तारको काम ढिला भएको हो ।
भरतपुरको आँपटारी देखि केन्द्रिय बस ट्रमिनल सम्मको सवारी चाप हुने सो सडक २ दशमलव ५ किलोमिटर लामो छ । नारायणगढको पुलचोक हुँदै आँपटारी सम्म पुग्ने सडक विस्तार गर्न बजारका कारण असम्भव भएपछि दुई राजमार्गलाई जोड्ने गरेर भरतपुर बसपार्क देखि आँपटारी सडक फराकिलो बनाउन लागिएको हो ।
यस सडक अन्तरगत बिद्युतका तीन सय, टेलिकमका ८८ वटा पोल र ९६ वटा रूख काट्नपुर्ने थियो । बिद्युतका र टेलिकमका पोल सार्न ढिला भएको भन्दै यस अघि डेढ बर्ष म्याद थप गरिएको थियो । फेरी पनि पोल र रुखको कारण देखाएर म्याद थप गर्ने तयारी गरिएको छ । स्थानीय प्रशासन र सरोकारवालाको मौनताका कारण ३० महिना देखि सडक अलपत्र हुँदा समय समयमा दुर्घटना समेत हुने गरेको आरोप स्थानीयको छ ।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेतले सडक कार्यालयले वोलपत्रका समयमा पोल सार्न र रुख काट्नका लागि वजेट विनियोजन नगर्दा समस्या भएको वताउनु भयो । पटक पटक छलफल गरेर अफ्ठ्यारो फुकाउँदै गएकाले काममा ढिला भएको उहाँको भनाई छ ।






