
चितवनः नेपाल अण्डा उत्पादक संघको केन्द्रिय अध्यक्षमा शिवराम केसीको विजयी हुनु भएको छ । शनिवार सुरु भएको संघको विशेष अधिवेशनमा केसीले आफ्ना निकटतम प्रतिद्धन्द्धी रघुनाथ भट्टलाई २ सय १४ को मतान्तरले पछि पार्दै विजयी हुनु भएको हो ।
खसेको ५ सय ९० मत मध्ये केसीले ३ सय ९७ र भट्टले १ सय ८३ मत पाएको निर्वाचन संयोजक दिवाकर पौडेलले जानकारी दिनुभयो । यस्तै सदस्यहरुमा किरण भुषण ओलीले ३ सय ८८, प्रविण केसीले ३ सय ७, विनोद अधिकारीले ३ सय १७, भरत कार्कीले ३ सय १०, राजकुमार श्रेष्ठले ३ सय ५९ र ललितबहादुर जिसिले २ सय ६६ मत ल्यायी विजयी हुनु भएको छ ।
शनिवासर सम्पन्न मतदानको मत परिणाम आज विहान सार्वजनीक गरीएको हो । यसैविच निवाचित पदाधिकारीलाई निर्वाचन व्यवस्थापन समितिका संयोजक भेषराज दुवाडी सपथ ग्रहण गराउनु भयो । सपथ ग्रहण पछि वोल्दै केसीले सबै जनाले मिलेर संघलाई नयाँ उचाई पुराउने वताउनु भयो । आफुले तत्काल किसानको लागत अनुसारको मुल्य तोक्ने र देशको माग र आवश्यकता अनुसार पोल्ट्री क्षेत्रलाई अगाडी लैजाने उहाँको भनाई छ ।
केसीको संघमा यो तेश्रो कार्यकाल हो । गत जेष्ठ २४ गते भएको संघको १५ औं साधारण सभाबाट संघमा विवाद चुलिएर समान्तर समिति बनेपछि चितवन प्रशासनले संघको नयाँ अधिवेशन तोकेको थियो ।