चितवनः नेपाल अण्डा उत्पादक संघको यहि साउन ११ गते हुन लागेको बिशेष अधिवेनका लागि निर्वाचनको तयारी तिव्र पारिएको छ । आज संस्थाका साधारण सदस्यहरुको नविकरणको काम सम्पन्न भएको छ ।
यो संगै संस्थापन पक्ष र अर्को पक्ष निर्वाचनको माहोलमा हुनमीएको छ ।
अहिले व्यवसायी तथा किसानहरु पनि दुई ध्रुर्वमा वाडीएका छन् । व्यवसायीहरु व्यवसायको हक हितका लागि काम गर्नसक्ने नेतृत्वको खोजिमा रहेका छन् । भने किसानहरु दुवै पक्षलाई मिलाएर लैजान सक्ने नेतृत्वको खोजिमा रहेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य डा. तिलचन्द्र भटराईले भोलि फेरी संस्थामा समस्या नआउने किसिमले काम गर्न सक्ने नेतृत्वको खोजि गरिएको वताउनु भयो । अधिवेसनको संघारमा उत्रिएको संघमा विवाद निकाल्ने भन्दा विवाद समाधान गर्ने व्यक्तिलाई नेतृत्व दिन आवश्यक रहेको उहाँको भनाई छ । कुराजन्य वस्तुको उत्पादनमा विषम परिस्थिती आउँदा विवाद निकाल्नेले संस्था लाई नेतृत्व दिन नसक्ने होकी भन्ने उहाँको चिन्ता रहेको देखिन्छ । कस्लाई समर्थन भन्दा पनि सवैको मर्म वुझ्ने व्याक्तिलाई आफुहरुको साथ रहने उहाँको भनाई थियो ।
यस्तै पोल्ट्रि व्यवसायी मञ्चका अध्यक्ष ऋषिराम पौडेल अहिलेको अधिवेशन विषम परिस्थिमिा हुन लागेकाले आफुहरु खुल्न नमिल्ने वताउनु हुन्छ । उहाँले विवाद निकाल्ने टोलि वाट संस्थाको हित नहुने वताउनु भयो । वजारको अवस्था नवुझि संस्थामा समस्या थप्ने काम गर्नेहरुले यसको नेतृत्व लिन नसक्ने उहाँको वुझाई छ । आँफुहरुलाई यो वा त्यो सगं समस्या नभएर विधि र प्रकृयाका विषयमा समस्या रहेको उहाँले वताउनु भयो । विधि अनुसार काम गर्नु आवश्यक रहेको उहाँको भनाई थियो ।
कानुनमा वाँधिएको संस्थालाई हुल हुज्जले निमिट्यान्न पार्न नहुने उहाँको वुझाई छ । अहिलेको समस्या संस्थामा हुल हुज्जत सहित भएको रवाफले आएको उहाँले वताउनु भयो ।
दान उद्योग संघका वरिष्ठ उपाध्यक्ष शंकर कडेंल व्यवसायको हक हितमा लाग्ने नेतृत्वलाई निर्वाचन जिताउने वताउनु भयो । किसान देखि व्यवसायी सम्मलाई विधि अनुसार हिडाउने व्याक्तिको आवश्यक रहेको उहाँको भनाई थियो । अहिले वजारमा देखिएको समस्यालाई नदर अन्दाज गर्नेहरुको भिडमा आँफु नफस्ने उहाँले वताउनु भयो ।
यता कृर्षकहरु भने विधिलाई पच्याउने तयारीमा रहेका छन् । उनीहरु हुल हुज्जतलाई ध्यान नदिई विधि र प्रकृयालाई विश्वास मान्नुपर्ने वताउँदै आएको छन् । आचार्य पोल्ट्रि फमर्का संञ्चालक धर्मराज आचार्य वजारमा व्याक्तिले मुल्य निधारण गर्ने नभई वजारले मुल्य निधारर्ण गर्ने भएकाले अहिलेको विवाद व्याक्ति विशेषका कारण सृजना भएको वताउनु भयो । व्याक्ति विशेषका कारण संस्था वदनाम वन्न पुगेको उहाँको वुझाई छ । अहिले आफ्नो मत रघुनाथ भट्टलाई रहेको वताउँदै उहाँले विधि विधान अनुसार हिड्नेलाई सहयोग गर्ने वताउनु भयो ।
यस्तै अर्का कृषक वलराम आचार्य हुल हुज्जत र होहल्लाले समस्या समाधान नहुने वताउनु हुन्छ । वजारमा उत्पादीत वस्नुको विक्रि अवस्था नहेरी समस्या ल्याउनु आँफैमा गैर जिम्मेवार भएको भन्दै उहाँले यसलाई रोक्न सक्नु पर्नेमा समस्या थप्नेहरुलाई साथ दिन नसकीने वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !