चितवन:जंगली च्याउ खाँदा भरतपुर महानगरपालिका वडा नम्वर ८ सिताराम चोकका एकै परिवारका तीन जना विरामी परेका छन् । विरामी पर्नेमा सिताराम चोक निवासी २५ वर्षिय वुद्धलाल वोलन, उहाँकी श्रीमती २४ वर्षिया सरिता वोलन र ४ वर्षिय छोरा समिर वोलन रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनीहरुले आज विहान जंगली च्याउ पकाएर खाएका थिए । त्यस पछि विरामी भई दिउँसो ४ः४५ वजे उपचारका लागि भरतपुर अस्पताल ल्याईएको थियो । विरामी भएका तीनै जनाको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।