चितवनः जिल्लामा वर्षेनी एच आई भि एड्स संक्रमितहरुको संख्या थपिदै गएको छ । सन २०१९ को ६ महिनामा जिल्ला ५४ जना नयाँ एच आई भि संक्रमित भेटिएका छन् । जिल्लाको विभिन्न स्थानमा गरिएको ७ हजार ८ सय १ जनाको परिक्षणका क्रममा सो संख्यामा संक्रमित भेटीएका हुन ।
यो संगैं जिल्लामा अहिले १ हजार ७ सय ६४ जना संक्रमित पुगेको भरतपुर अस्पतालमा रहेको एन्टी रेट्रो भाईरल थेरापि सेवा केन्द्रले जनाएको छ । केन्द्रका अनुसार उनीहरु मध्ये ८ सय ८९ जनाले नियमीत औषधि सेवन गर्दै आएको छ । अन्य जिल्लावाट चितवनमा स्थानान्तरण भई आएका ७८ जना संक्रमितहरु पनि केन्द्रवाट सेवा लिईरहेका छन् । सन २०१८ को अन्त्यमा जिल्लामा १ हजार ६ सय ८५ जना संक्रमित रहेका थिए । सन २०१८ मा १७ हजार १ सय १० जनाको परिक्षण गरिएकोमा १ सय ११ जना नयाँ संक्रमित भेटिएका थिए ।
अस्पतालमा आउने संक्रमितहरुलाई अहिले अस्पतालमानै रहेको एएचएफ नेपालले सहयोग गर्दै आएको छ । यस संस्थावाट यातायता सेवा वापत ३ सय ९२ जना, ल्याववाट ९५ जना, खानाका लागि सेवा १ सय ३४ जना एआटि औषधि वाहेक अन्य औषधि १ सय ४८ जना र आकस्मिक उपचार सेवा ९ जनाले लिएका छन् । गरिव, दलित, एकल महिला, पिछडावर्ग, सिमान्तकृत समुदायले यस संस्थाले सहयोग गर्दै आएको छ ।
एआटि केन्द्रका स्रोत व्यक्ति डा. युवानिधि वस्यौलाले संख्या हेर्दा घट्दो देखिए पनि खुलेर आउनेको संख्या भने कम रहेको वताउनु भयो । जिल्लामा रहेका सवैले जिल्लावाट औषधि नलिने गरेका कारण उनिहरुमा आएको सुधारको विषयमा जानकारी लिन कठिन हुने गरेको उहाँको भनाई छ । विशेष गरि भरतपुर अस्पतालमा आएर औषधि लिनेहरु वाहिरी जिल्लाको वढि रहेको उहाँले वताउनु भयो । मकवानपुर, नवलपरासि धादिङ् लगाएतका जिल्लामा रहेका संक्रमितहरु चितवन आएर औषधि लाने गरेको र उनीहरुलाई एक देखि २ महिनाका लागि औषधि पठाउने गरेको डा. वस्यौलाले वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !