चितवनः जिल्लामा रहेका आदिवासी तथा दलित जनजातीका अगुवाहरुले आफ्नो आन्देलनलाई निस्कर्षमा पुर्याई छाड्ने वताएका छन् । आज यहाँ लोक सेवा आयोगको असंवैधानीक विज्ञापन विरुद्ध आयोजित संयुक्त पत्रकार सम्मेलनमा वोल्ने अगुवाहरुले जाती विशेषको अधिकार कटौति गरिएकाले आन्दोलनमा जानु पर्ने वाध्यता रहेको वताएका थिए ।
आफुहरुको माउ पाटीले आन्दोलन नगर्न भने दिईएको जिम्मेवारी छोडेर भए पनि आन्दोलनलाई सफल वनाउने उनिहरुको भनाई थियो । लोक सेवा आयोगले पछिल्लो पटक निकालेको विज्ञापन समानुपातीक र समावेशी सिद्धान्तको विपरित भएको भन्दै आदिवासीहरु आन्दोलीत वन्नु परेको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।
जिल्लामा पहिलो चरणको कार्यक्रम अन्तरर्गत आज पत्रकार सम्मेलन, र भोलि विरोध जुलुस सहित ज्ञापनपत्र वुझाउने कार्यक्रम रहेको छ । आन्दोलनका कार्यक्रमहरु लामो भए पनि जिल्लामा लोकसेवा आयोगका कुनैपनि कार्यालय नरहेका कारण केन्द्रको आन्दोलनमा एक्यवद्धता जनाउँदै जिल्लाले कार्यक्रम तय गरेको नेपाल दलित मुक्ति मोर्चा चितवनका ईन्चार्ज खेम वहादुर दर्जीले जानकारी दिनु भयो ।
जिल्लामा रहेका विभिन्न राजनैतिक दलका भातृ संस्थाहरु संगको समन्वयमा आन्दोलनलाई अघि वढाउन लागिएको आदिवासि जनजाती महासंघ चितवनका अध्यक्ष सुरविर थापाले जानकारी दिनु भयो । आँफुहरुको अधिकार राज्यले खोस्ने काम भएको अहिले आन्दोलित वन्नु परेको उहाँको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस !