चितवनः जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जिल्लामा हुने सवारी दुर्घटना न्यूनिकरणका लागि सचेतना मुलक कार्यक्रमहरु संञ्चालन गरी रहेको छ । तर पनि जिल्लामा हुने दुर्घटनामा भने कमि ल्याउन कार्यालय असफल वनिरहेको छ ।
सवारी चालकको लापरवाहि हो वा सरोकारवालाहरुको ध्यान नपुगर । जिल्लामा भएका दुर्घटना संख्या मानिसको मृत्यु संख्या हेर्दा कहाली लाग्दो रहेको छ । गत आर्थिक वर्षमा जिल्लामा सवारी दुर्घटनाका कारण १ सय ४६ जनाले ज्यान गुमाएका छन् । जिल्लामा भएमा २ सय ९५ दुर्घटनामा परि उनीहरुको ज्यान गएको हो ।
अघिल्लो आर्थिक वर्षमा २ सय ७१ वटा दुर्घटनामा १ सय ३२ जनाको मृत्यु भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार अघिल्लो वर्ष भन्दा गतवर्ष २४ दुर्घटना वढेर १४ जना वढि मानिसको मृत्यु भएको छ ।
दुर्घटना न्यूनिकरणका लागि विभिन्न कार्यक्रमहरु गरिएको भए पनि दुर्घटनाको क्रम भने रोकीएको छैन । गत आर्थिक वर्षमा भएका दुर्घटनामा ४ सय ५३ सवारीसाधन परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी निरिक्षक चन्द्रकुमार गिरिका अनुसार गत वर्ष भएका सवारी दुर्घटनामा परि ५ सय ५८ जना घाईते भएका छन् ।
जिल्लामा भएका सवारी दुर्घटना मध्ये मोटरसाईकल वढि रहेको छ । गतवर्ष २ सय ५ वटा मोटरसाईकल दुर्घटनामा परेका छन् । यस्तै ८० वटा ट्रक÷टेंकर, ५३ वटा वस, ५२ वटा जिप÷कार दुर्घटनामा परेको कार्यालयको तथ्याङ्कले देखाएको छ ।
यस्तै कार्यालयले गत आर्थिक वर्षमा ४० हजार २९ सवारी कारवाहि गरि रु. ३ करोड ७ लाख ६६ हजार ५ सय राजस्व संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षमा ४५ हजार १ सय ५० वटा सवारी साधनलाई कारवाहि गरि रु. ३ करोड ३६ लाख ८७ हजार ५सय राजस्व संकलन गरेको थियो ।
कारवाहिको संख्या हेर्ने हो भने जनचेतनाका कारण घट्दै गएको तर दुर्घटना न्यूनिकरण गर्न नसकेको प्रमुख गिरीले वताउनु भयो । हलुका सवारी साधनहरुको तिव्र गतिका कारण दुर्घटना वढि हुने गरेको उहाँले जानकारी दिनु भयो । वढ्दो सवारीको चाप र साघुरा सडकका कारण भित्रि सडकहरुमा वढि संख्यामा दुर्घटना भएको उहाँले वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !