चितवनः भरतपुर महानगरपालिका वडा नम्वर १३ मा ग्यास चुहिएर आगलागी हँुदा पाँच जना जलेर घाईते भएका छन् । जस मध्ये तीन जनाको अवस्था गम्भिर रहेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार उजेलीनगर स्थित शिव प्रसाद पौडेलको घरमा काम गर्ने मानीसहरुले खाना पकाउने ग्यास चुहिएर आगलागी हुदा भारतको वेतीया घर भएका पाँच जना घाईते भएका हुन ।

घाईते हुनेमा भारतको वेतीयाका १८ वर्षिय विकास कुमार,१५ वर्षिय विकास कुमार, २२ वर्षिय शिव कुमार, २५ वर्षिय मनोज पास्वान र २२ वर्षिय ईन्द्रदेव पास्वान गरेको प्रहरीले जनाएको छ । उनीहरुको चितवन मेडीकल कलेजमा उपचार भईरहेको छ ।

पैडेलको घर डेरागरि वस्ने उनिहरुले खाना वनाउने क्रममा ग्यास चुहिएको थियो । आगो स्थानीय र प्रहरीको सक्रियतामा नियन्त्रर्णमा लिईएको थियो ।

प्रतिक्रिया दिनुहोस !