
चितवनः नारायणगढ मुग्लिन सडक खण्डमा दुईवटा कार एक आपसमा ठक्कर खाँदा पाँच जना घाईते भएका छन् । भरतपुर महानगरपालिका वडा नम्वर २९ सेतिदोभानमा आज दिउँसो नारायणगढवाट मुग्लिन तर्फ जाँदै गरेको वा १२ च ६२७१ नम्वरको कार र विपरित दिशावाट आउँदै गरेको वा ८ च २५१६ नम्वरको कार एक आपसमा ठक्कर खाएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुईवटा कारको ठक्करवाट पाँच जना घाईते भएका हुन । सवैको अवस्था मध्यम रहेको र उनीहरुको पुरानो मेडीकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ । दुवै कार प्रहरीको नियन्त्रर्णमा रहेको छ ।