चितवनः एन पि आई नारायणी सामुदायीक हस्पिटल ली.ले आफ्नो वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । विगत १३ वर्ष देखि भरतपुरमा रहेर विरामीहरुको सेवा गर्दै आएको यस हस्पिटलले आफ्नो वार्षिकोत्सको अवसरमा समाजप्रति उत्तरदायीत्व वोध गर्दै विभिन्न बिभिन्न कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रम अन्तर्गत आज विहान अस्पतालमा भर्ना भएका ९० जना विरामीहरुलाई फलफुल वितरण गरेको छ । वार्षिकोत्सवको अवसरमा अस्पतालका कार्यकारी अध्यक्ष डा. भक्तमान श्रेष्ठ, संञ्चालक विष्णु कुवर र मेडीकल निर्देशक डा. लोकवहादुर सेढाईले संयुक्त रुपमा विरामीहरुलाई फलफुल वितरण गर्नु भएको थियो ।
यस्तै आजै रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ । अस्पतालले आयोजना गरेको रक्तदान कार्यक्रममा ९ महिला सहित ६८ जनाले रक्तदान गरेका थिए । भरतपुरको चौविसकोठी नजिक रहेर सेवा दिदै आएको यस अस्पताल अहिले एक सय शैयामा संञ्चालीत छ । निकट भविश्यमा दुई सय सैया संञ्चालनमा आउन लागेको यस अस्पतालले विहानीसेवामा उपचारका लागि आउने विरामीहरुका लागि निशुल्क वहिरंग सेवा प्रदान गरेको अस्पतालका प्रशासन प्रमुख दिपेश घिमिरेले जानकारी दिनु भयो ।
घिमिरेका अनुसार अस्पतालमा ५ सय ५५ जनाले निशुल्क वहिरंग सेवा लिएका छन् । उहाँका अनुसार १ सय ६८ जना पुरुष सहित सो संख्यामा आएका विरामीहरुले निशुल्क परिक्षण गरेका हुन । यस्तै अस्पतालले आईतवारका लागि प्रयोगशाला तथा अन्य परिक्षणमा समेत ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । सो अवसरमा आठ सय जनाले ५० प्रतिशत छुटमा प्रयोगशाला तथा अन्य सेवामा छुट लिएर उपचार गराएका थिए ।
लामो समय देखि जिल्लामा रहेर उत्कृष्ठ सेवा दिदै आएको यस अस्पतालले वार्षिक एक लाख भन्दा वढि विरामीलाई सेवा दिदै आएको छ । अस्पतालमा नियमीत ३० जनाको शल्यक्रिया हुने गरेको छ । अस्पतालका अध्यक्ष डा. श्रेष्ठ क्यान्सर रोग विशेषज्ञ भएका कारण यस अस्पतालमा क्यान्सरका विरामीहरुको समेत उपचार हुँदै आएका छ ।
अहिले यसै अस्पतालको मुख्य लगानीमा भरतपुर महानगरपालिका वडा नम्वर ८ मा न्यूटन हस्पिटल निर्माणको काम हुँदै छ । विशेष गरि क्यान्सरका विरामीहरुलाई लक्षित गर्दै सो अस्पताल निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !