चितवनः चितवनको रामपुरमा ईन्जिनियरीङ् कलेजको स्थापना हुने भएको छ । त्रिभूवन विश्वविद्यालयले रामपुरमा ईन्जिनियरीङ् क्याम्पस संञ्चालन गर्ने तयारी गरेको हो । विश्वविद्यालयले हाल कृषि तथा वन विज्ञान विश्वविद्यालय रहेको स्थानमा चितवन ईन्जिनियरीङ् क्याम्पस संञ्चालन गर्न लागेको हो । विश्वविद्यालयको ईन्जिनियरीङ् संकायको यो पाँचौं आंगिक क्याम्पस हो ।
विश्वविद्यालयको ईन्जिनियरीङ् संकायका डिन प्रा. रामचन्द्र सापकोटाले अन्य क्याम्पसहरु संगै प्रस्तावित क्याम्पसका रुपमा रहेको चितवन ईन्जिनियरीङ् क्याम्पसको नाम राखेर प्रवेश परिक्षाको सुचना प्रकाशित गरिएको जानकारी दिनु भयो । त्रिभूवन विश्वविद्यालयले कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई उपलव्ध गराएर वाँकी रहेको ४० विगाह जमिनमा ईन्जिनियरीङ् क्याम्पस संञ्चालन गर्न लागेको हो । सो स्थानमा रहेको त्रिविको कृषि क्याम्पस हटे पछि ईन्जिनियरीङ् क्याम्पस संञ्चालन गर्न लागिएको हो ।
सापकोटाका अनुसार रामपुरमा ईन्जिनियरीङ् क्याम्पस संञ्चालनका लागि विश्वविद्यालयको कार्यकारी परिषद र मन्त्री परिषदले निर्णय गरीसकेको छ । यद्यपि भौतिक संरचना वनिनसकेकाले समयमा वजेट निकासा नभएमा यसै शैक्षिक सत्रवाट क्याम्पस संञ्चालन गर्न कठिन हुने सापकोटाको भनाई छ । कम्तिमा एउटा कार्यक्रम भए पनि यसै शैक्षिक सत्रवाट संञ्चालन गर्ने तयारी विश्वविद्यालयले गरेको छ ।
विश्वविद्यालयले रामपुरका लागि विश्वविद्यालय अनुदान आयोग मार्फत सरकार संग वजेट माग गरेको छ । डिन सापकोटाका अनुसार पहिलो चरणमा तत्काल रु १५ करोड माग गरिएको छ । यो शैक्षिक सत्रको पढाई मंसिर १ गतेवाट हुँदै छ । यो समयमा एउटा कार्यक्रम संञ्चालनका लागि आवश्यक पूर्वाधार वनाउनु पर्ने हुन्छ । जसका लागि तत्काल सरकारले वजेट उपलव्ध गराएमा सम्भव हुने भन्दै प्रबेश परिक्षाको सुचनामा प्रस्तावित क्याम्पसको नाम राखिएको हो । रामपुरमा सातवटा कार्यक्रम संञ्चालन गर्ने तयारी विश्वविद्यालयको छ ।
सम्पूर्ण कार्यक्रम संञ्चालन गर्न एक सय ९१ जना प्रध्यापक र एक सय २८ जना कर्मचारी आवश्यक पर्ने विश्वविद्यालयले जनाएको छ । काठमाडौंको पुल्चोक र पोखरामा रहेको ईन्जिनियरीङ् क्याम्पस जस्तै व्यवस्थित क्याम्पस रामपुरमा निर्माण गर्न लागिएको हो । जसका लागि रु १६ अर्व हाराहारी खर्च हुने विश्वविद्यालयको अनुमान छ ।
रामपुरमा क्याम्पस संञ्चालनका लागि भरतपुर महानगरपालिकाले आवश्यक सहयोग गर्ने जनाउँदै आएको छ । महानगर प्रमुख रेनु दाहालले आबश्यक वजेटका लागि सरकार संग पहल गर्ने र नपुग केहि वजेट आवश्यक भएमा महानगरले पनि सहयोग गर्ने वताउनु भयो । रामपुरमा त्रिभूवन विश्वविद्यालयको ईन्जिनियरीङ् क्याम्पस संञ्चालनका लागि आँफु प्रमुख भए देखिनै पहल गर्दै आएको वताउँदै उहाँले यसै शैक्षिक सत्रवाट कक्षा संञ्चालनका लागि महानगरले गर्नु पर्ने पहल र सहयोग सवै गर्ने दाहालले जानकारी दिनु भयो ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थ खनिया चितवन वासि हुनुहुन्छ । कार्यकाल सकिनै लाग्दा रामपुरमा ईन्जिनियरीङ् क्याम्पस सुरु गर्ने धोको आँफुमा रहेको खनियाले वताउँदै आउनु भएको छ । ईन्जिनियरीङ् तर्फ त्रिभूवन विश्वविद्यालयवाट सम्वन्धन पाएका १० निजि क्याम्पस रहेका छन् । विश्वविद्यालयले यसै वर्ष केमीकल ईन्जिनियरीङ् विषय समेत पढाउने तयारी गरेको छ । यो संगै ईन्जिनियरीङ् संकायमा १२ विषयको पढाई हुने भएको छ । विद्यार्थीहरुको पहिलो रोजाईमा त्रिभूवन विश्वविद्यालयको आंगिक ईन्जिनियरीङ् क्याम्पस पर्ने गर्दछ ।