चितवनः भरतपुरमा रहेको विपि कोईराला मेमोरियल क्यान्सर अस्पताल लामो समय देखि अध्यक्ष विहिन वनेको छ । अध्यक्ष नहुँदा महानगर निर्वाचित प्रमुखले कार्यवहार समाल्दै आउनु भएको छ ।
अध्यक्ष नहुँदा अस्पालको नियमीत काम कारवाहि वाहेक अन्य कामहरु प्रभावकारी रुपमा हुन सकेको छैन । अस्पतालमा गत असोज ३ गतेवाट रिक्त रहेको अध्यक्ष सरकारले अहिले सम्म नियुक्ति गर्न सकेको छैन । जसका कारण एशियाकै नमुना अस्पतालको रुपमा विकास गर्न लागिएको अस्पतालको व्यवस्थित विकासमा वाधा पुग्ने देखिएको छ ।
डा. प्रकाशचन्द्र न्यौपानेले आफ्नो तीन वर्षे कार्यकाल पुरा गरे संगै विभिन्न व्यक्तिको नाम चर्चा चलेपनि सरकारले यसको टुङ्गो लगाउन सकेको छैन । स्वास्थ्य मन्त्रीको प्रस्तावमा मन्त्रीपरिषदले अध्यक्षको नियुक्ति गर्ने प्रावधान रहेको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यका अनुसार एम डि गरेर क्यान्सर अस्पतालमा १५ वर्ष वा वाह्य अस्पतालमा २० वर्ष काम गरेको अनुभव भएका व्यक्तिमात्र अध्यक्षका लागि योग्यहुने अस्पतालको नियमावलीमा उल्लेख छ । सवै योग्यता पुगेका व्यक्ति कम भएकाले पनि अध्यक्षको टुङ्गो लाग्न ढिला भएको वताईएको छ ।
आचार्यले अहिले सवै निर्णय संञ्चालक समितिको वैठक मार्फत गरिदै आएको जानकारी दिनु भयो । काम नरोकीए पनि छलफल गरेर काम गर्न नपाएको उहाँको भनाई छ । यसैगरि कतिपय विषयमा पहल गर्ने कुरा र जिम्मेवारीका विषयमा समेत अफ्ठ्यारो परेको आचार्यले वताउनु भयो । संञ्चालक समितिमा १४ सदस्य रहेका छन् । हरेक दुई दुई महिनामा वैठक वस्नु पर्ने हुन्छ ।
अध्यक्षको रिक्तता संगै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्षतामा वैठक वस्ने गरेको छ । पछिल्लो समय अस्पताल सुधारको गतिमा अगाडी वढिरहेको अवस्थामा अध्यक्षको चयन छिटो भएमा अस्पताललाई अझ सुद्धिढ वनाउन सहयोग पुग्ने वताईएको छ । अस्पतालमा छिमेकी देश भारत र नेपाल भरवाट उपचारका लागि विरामी आउने गर्दछन् । चीन सरकारको सहयोगमा अस्पताल स्थापना भएको हो ।

प्रतिक्रिया दिनुहोस !