चितनवः एघारौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगिताका लागि जिल्लामा आज देखि छनोट प्रकृया सुरु भएको छ । यहाँ रहेका ६ वटा स्थानीय तहले छनोट गरि सिफारीस गरेका बिद्यालय विच जिल्ला स्तरीय प्रतियोगिता सुरु गरिएको हो ।
प्रतियोगितामा एथलेटिक्स, कवड्डी, भलिवल, तेकवान्दो, उसु र कराँते विधामा पाँच सय जना विद्यार्थी सहभागि हुँदै छन् । यहि असार २६ र २७ गते काठमाडौंमा हुन लागेको प्रदेश स्तरीय प्रतियोगिताका लागि सहभागि विद्यार्थीहरु मध्येवाट ७९ जना विद्यार्थी छनोट गरि पठाईने छ ।
भोलि सम्म चल्ने प्रतियोगितामा भरतपुर महानगरपालिका वाहेक अन्य स्थानीय तहले सिफारीस गरेका विद्यार्थीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको प्रदेश नम्वर तीनका प्रदेश सभा सदस्य घनश्याम दाहालले एक कार्यक्रमका विच उद्घाटन गर्नु भएको हो । उहाँले खेल क्षेत्रको विकासले राष्ट्रको गौरव वढाउने वताउनु भयो ।
जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोेटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेत, जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष गंगा लामा लगाएतले वोल्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !