चितवनः थारु कल्याणकारिणी सभाको एकिकृत थरुहट राष्ट्रिय भेला २१ वुदेंं सौराहा घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । यहि असार २१ र २२ गते भएको भेलाले तयार गरेको घोषणा पत्र आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरिएको हो ।
घोषणा पत्रमा आम आदिवासी थारुहरुलाई गोलवन्द र एक सुत्रमा वाँध्न ग्रिन भेष्ट मुमेन्ट संञ्चालन गर्ने जनाईएको छ । सरकार संग पटक पटक भएका सहमतिहरु कार्यान्वयन गर्न दवाव दिने उद्धेश्यका साथ यो अभियान संञ्चालन गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिईयो । सभाका महामन्त्री प्रेमीलाल चौधरीले घोषणा पत्र जारी गर्दै आँफुहरुले राज्य संग राखेको १३ वुद्धे माग पुरा गराउनका लागि दुई महिने हस्ताक्षर अभियान संञ्चालन गर्ने, शहिद तथा राजवन्दीका आश्रीत छोराछोरीहरुलाई शिक्षा दिक्षा एवं जिविको पार्जनका लागि राज्यसंग माग गर्ने जानकारी दिनुभयो ।
थारु समुदायको मागको सुनुवाईका लागि दवाव मुलक कार्यक्रम संञ्चालन गर्ने, थारु कल्याणकारिणी सभाका अध्यक्ष सहितका नेता कार्यकर्ता माथि लगाईएको झुटा मुद्धा खारेज गरि वन्दि वनाईएका राजवन्दीहरुलाई यथा शिघ्र रिहा गर्न माग गर्ने, थरुहट आन्दोलनलाई सुदृढीकरणका लागि अभियान जारी राख्ने, थारु आन्दोलनको जनजागरण र जनपरिचालन अभियान जारी राख्ने घोषणा पत्रमा उल्लेख छ ।
थारु आन्दोलनलाई शशक्त, प्रभावकारी एवं निष्कर्षमा पुर्याउन अभियानको निरन्तरता, र संघर्षमा जोड दिदै विद्रोहको तयारी सहितको कार्यदिशा तय गर्ने लगायतका निर्णय भएको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । असोज ३ गते विभेदकारी संविधानका धार, उपधारा र अनुसुचिहरुको प्रतिलिपि काठमाडौं उपत्यका र अन्य थरुहट जिल्लाहरुमा जलाउने, भाद्र ७ गतेलाई थरुहट विद्रोहको दिनको रुपमा मनाउने लगाएतका निर्णय भएको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
पत्रकार सम्मेलनमा वोल्दै वोल्दै थारु नेतृ रुकमिडि चौधरीले अहिलेको संविधान विभेदकारी भएकाले आफ्नो समुदायले स्विकार गर्न नसकेको वताउनु भयो । आँफुले संविधान लेखनको समयमानै आफ्ना असहमतिहरु राखेको वताउँदै उहाँले अहिले पनि ती कुराहरु हटाउनु पर्ने, अहिले सुरु गरिएको लोक सेवाको विज्ञापन प्रकृया रद्ध गरिनु पर्ने लगाएतका मागहरु राखेको वताउनु भयो । आँफुहरुको मागलाई संम्बोधन नगरे थारु समुदायले विद्रोह गर्ने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !