चितवनः जिल्लामानै शैक्षीक गुणस्तर वढ्दै गए पछि उच्च शिक्षाका लागि जिल्ला वाहिर जाने क्रम घट्दो रहेको छ । शैक्षिक दृष्टिले चितवन अवल्ल वन्दै गए पछि जिल्ला छाड्ने भन्दा वाह्य जिल्लावाट चितवनमा अध्ययन गर्न आउनेको क्रम वढ्न थालेको छ ।
केही वर्ष अघि सम्म प्रवेशीका उत्तीर्ण संगै राम्रो अंक ल्याउनेहरु अधिकांश राजधानी काठमाडौं, पोखरा लगाएका शहरमा अध्ययनका लागि जाने प्रचलन रहेको थियो । तर अहिले त्यो प्रचलन घट्दै गएको छ । अभिभावकमा आएको चेतना संगै जिल्ला वाहिर पढ्न जाने विद्यार्थीहरुको संख्यामा पनि कमि आउन लागेको हो । अहिले यो संख्या ५ प्रतिशत भन्दा तल झरेको छ ।
शिक्षा विद रमाकान्त सापकोटाका अनुसार प्रवेशीका उत्तीर्ण पछि विद्यार्थी स्वतन्त्र हुन चाहान्थे । अभिभावकले त्यसैलाई मलजल गर्ने हुँदा मुख्य रुपमा काठमाडौं जाने प्रचलन भए पनि हटेर गएको सापकोटाको भनाई छ । वाहिरका कलेजहरुले जिल्लामा मान्छे खटाएर विद्यार्थी संकलन गर्ने गरेको समेत सापकोटा वताउनु हुन्छ ।
उहाँका अनुसार विद्यार्थी पठाए वापत रकम समेत पठाउनेले पाउने गरेको सुन्नमा आउथ्यो । पछिल्लो समय उच्च मावि आफ्नै निगरानीमा राखेर पढाउनु पर्छ र वाहिर पठाउनु आबश्यक छैन भन्ने अभिभावकले वुझेको सापकोटाको भनाई छ ।
शिक्षा समन्वय ईकाई चितवनका प्रमुख भूमिलाल सुवेदीका अनुसार ४६ वटा सामुदायीक विद्यालयमा कक्षा ११ र १२ को पढाई हुन्छ । गत वर्ष सम्मको तथ्याङ्कलाई हेर्दा १९ वटा निजी उच्चमावि संञ्चालनमा रहेका छन् । यस वर्ष थपिएकाहरुको तथ्याङ्क आई नसकेको सुवेदीले वताउनु भयो ।
पढाईमा प्रतिशपर्धा र राम्रो नतिजा आउन थालेपछि विद्यार्थी वाहिर पढ्न जान छाडेको सुवेदीको भनाई छ ।
विरेन्द्र वहुमुखी क्याम्पसका प्रध्यापक दयाराम पौडेलयहाँको शिक्षा राम्रो भए संगै विद्यार्थी वाहिर जान छाडेको र वाहिर वाट विद्यार्थी लिन आउनेहरु घटेको वताउनु हुन्छ । पौडेलले जिल्ला छाडेर यो भन्दा राम्रो शिक्षा नपाउने भएकाले वाहिर जाने विद्यार्थी न्यूनमा झरेको जानकारी दिनु भयो । सोहि क्याम्पसका अर्का प्रध्यापक डा. हरिहर पौडेल तीन, चार वर्ष यता राम्रो अंक ल्याउने विद्यार्थी यहि पढ्ने गरेको वताउनु हुन्छ । पहिले पहिले प्रथम श्रेणीमा प्रवेशीका उत्तीर्ण हुने धेरै जसो वाहिर जाने भए पनि अहिले जिपिएस ४ ल्याउने अधिकांश विद्यार्थी यहि पढ्ने गरेको पौडेलले जानकारी दिनु भयो ।
यस वर्ष जिल्लाका ११ जना विद्यार्थीले जिपिएस ४ ल्याएका छन् । राजधानीका ठूला स्कुलको भन्दा आधा भन्दा कम शुल्कमा घरकै खाना खाएर त्यो भन्दा राम्रो शिक्षा यहि पाउने भए पछि किन वाहिर पठाउने भन्ने अभिभावकमा छाप पर्न थालेको छ ।
निजी उच्च माविहरुको छाता संस्था हिसान चितवनका अध्यक्ष भूपेन्द्र धिताल राष्ट्रिय रुपमा चितवनका विद्यार्थीहरुको नतिजा राम्रो आउन थालेपछि अभिभावकहरुले विद्यार्थी वाहिर पठाउन छाडेको वताउनु हुन्छ । उच्च मावि उत्तीर्ण भए पछि एम विवि एस, कृषि, ईन्जिनियरीङ् लगाएतका प्रवेश परिक्षा दिएर मात्र पढ्न पाउने क्याम्पसहरुमा पनि यहिका विद्यार्थीले नाम निकाल्ने गरेको धितालको भनाई छ ।
गुणस्तरकै कारण जिल्ला छाडेर वाहिर पढ्न जाने विद्यार्थीको संख्या पाँच प्रतिशत भन्दा कम रहेको धितालले जानकारी दिनु भयो ।
अरोमा कलेजका प्रिन्सीपल शेरवहादुर क्षेत्री यहाँका उच्च माविहरुले गुणस्तर राम्रो दिए पछि प्राप्त भएको नतिजाका कारण विद्यार्थी वाहिर जान छाडेको वताउनु हुन्छ । पहिलेको भन्दा वाहिर जाने विद्यार्थीको संख्या ९० प्रतिशत कम भएको उहाँको भनाई छ । गुणस्तरका लागि चितवन छाड्नु नपर्ने क्षेत्रीको दावि छ । उहाँका अनुसार यहाँका वाहिर जाने भन्दा वाहिरी जिल्लावाट यहाँ आउने क्रम वढ्दो रहेको छ ।
नवलपरासी, गोर्खा, लमजुङ्, तनहुँ, धादिङ्, वाग्लुङ्, पर्वत, स्याङ्जा, वारा, पर्सा, रौतहट, सर्लाहि, सप्तरी लगाएतका जिल्लावाट विद्यार्थी चितवन आउने क्रम वढेको क्षेत्रीले जानकारी दिनु भयो । जिल्लामा राम्रो शिक्षा पाईन्छ र स्नातकका लागि पनि अवसर छन् भन्ने संन्देश प्रवाह भए संगै यहाँका विद्यार्थी रोकीएको र वाहिरवाट आउने क्रम वढेको हिसानका केन्द्रीय सदस्य राजेश्वर खनालले जानकारी दिनु भयो ।
सस्तो, उच्च गुणस्तर र घरमानै वसेर पढ्न पाउने भए पछि किन वाहिर जाने अधिकांश अभिभावकको धारणा वनेको खनालको भनाई छ । आर्थिक अवस्था कम्जोर हुनेका लागि पनि पढ्ने अवसर यहाँ रहेको नारायणी पव्लीक कलेजका अध्यक्ष समेत रहनु भएका खनालले वताउनु भयो ।