चितवनः नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकार संविधान र संघियताको विरुद्धमा अघि वढेको अरोप लगाउनु भएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै उहाँले सरकार जनता प्रति उत्तरदायी वन्न सकेको आरोप लगाउनु भएको हो ।
उहाँले भन्नुभयो “सरकारले जनताको दैनिक जीवन यापनका वस्तुहरुमा समेत सहज रुपले उपलव्ध गराउन सकेको छैन ।” सरकारका कारण जनतामा नैरास्यता छाएका कारण अहिले काँग्रेस प्रति जनता आकर्षित भएको उहाँले वताउनु भयो ।
विप्लव नेतृत्वको प्रतिवन्धित पार्टीे नेकपालाई वार्ता मार्फत मुल धारमा ल्याउनु पर्ने वताउनु भयो । पूर्व गृहमन्त्री समेत रहनु भएका निधिले कुनैपनि राजनैतीक दललाई प्रतिवन्ध लगाउनु राम्रो नभएकाले वार्ता मार्फत समस्याको समाधान खोज्नु आवश्यक रहेको वताउनु भयो ।
अहिले राजनैतीक रुपमा खुल्ला वातावरण वनेको भन्दै उहाँले हतियार उठाएर व्यक्तिगत स्वार्थका लागि हिड्न नहुने धारणा राख्नुभयो । राजनैतिक रुपमा असहमति राख्दैमा प्रतिवन्ध लगाएर हिंसाको वाटो प्रयोग गर्नु राम्रो नभएको उहाँको जिकिर थियो ।
निधिले काँग्रेस भित्र गुटवन्धी नरहेको वताउनु भयो । महासमिति र केन्द्रिय समितिको वैठकले समस्या समाधान गरेको उहाँको भनाई थियो । काँग्रेस प्रजातान्त्रीक पार्टी भएका कारण आफ्ना धारणाहरु वाहिर आउँदैमा त्यसलाई गुट उपगुट छ भन्नु हुदैन उहाँले भन्नुभयो ।
अहिले सरकारले गरेका कामहरुका कारण जनतामा फेरी काँग्रेस प्रति आशा र भरोसा वढेको उहाँको भनाई थियो । अहिले गुट उपगुटमा नलागि जनताको भरोसामा केन्द्रीत हुँदै काम गर्ने समय आएको निधिले वताउनु भयो ।
फरक प्रसंगमा वोल्दै उहाँले नेविसंघको तदर्थ समिति असार २२ गतेको केन्द्रिय समितिको वैठक पछि टुङ्गो लाग्ने वताउनु भयो ।