चितवनः नेपाली काँग्रेस चितवनले गीरीजा प्रसाद कोईरालाको ९६ औं जन्मजयन्तीको अवसरमा नारायणी नदि किनारमा दिप लाखवत्ती वाल्नुका सौ गंगा अरति कार्यक्रम सम्पन्न गरेको छ । काँग्रेस नेता मिनेन्द्र रिजालको उपस्थिपतिमा कार्यक्रम सम्पन्न गरेको हो ।
काँग्रेसलाई हिन्दु राज्यको पक्षमा लागेको आरोप लाग्दै गर्दा काँग्रेस नेता रिजालले हिन्दु धर्म संस्कृति अनुसार विधिवत रुपमा पुजा आरधना गरि लाखवत्ति वाल्नु भएको हो । नेपाली राजनीतिका युगपुरुष कोईरालाको जन्मदीनको अवसरमा आयोजना गरिएको सो कार्यक्रममा काँग्रेस नेता तथा कार्यकर्ताहरुको वाक्लो उपस्थिति रहेको थियो । लाख वत्ति वाले संगै उहाँ नारायणी नदि किनारमा गंगा आरति समेत गर्नु भयो । मृर्तआतमको चिर शान्तिको कामना गर्दै र उहाँले कल्पना गरेको पुरा होस भन्ने उदेश्यका साथ गंगा आरतीमा रिजालले विधि प्रकृया पुर्याएर आरति विषर्जन गर्नु भयो ।


लाखवत्ति वाल्नु अघि उहाँले गीरीजाले वनाएको पार्टी र विचारका आधारमा अघि वढ्नु पर्ने वताउनु भयो । उहाँले सम्झनुभयो र भन्नुभयो “काँग्रेस कुनै धर्मको पक्षमा लाग्दैन र सधै सवै धर्मलाई समान रुपले हेर्ने गर्दछ ।” आम नेपाली जनाताको धरोहर कोईराला हिन्दु संस्कारमा हुर्कनु भएको भन्दै उहाँले हिन्दु र्धमा आस्था राख्नेहरु गीरीजाको मात्रै नभएर सवैको अनुयायी भएको वताउनु भयो ।
नेपालको शान्ति प्रकृयाका नायकले देखाएको वाटो अहिले राज्यका शासकले विर्षन लागेको भनदै उहाँले अव फेरी संकल्प गर्ने समय आएको वताउनु भयो । उहाँले भन्नुभयो “गीरीजावावुको सपना दिगो शान्ति, संविना र संम्वृद्धि थियो । तर अहिले त्यो हराउन लागेको छ ।” यसको संरक्षणका लागि काँग्रेस एक वन्नुको विकल्प छैन उहाँले भन्नुभयो ।


गीरीजाको अस्तु नारायणी नदि किनारमा विषर्जन गरेको स्मरण गर्दै उहाँले अव यहि वाट अव संविधानको रक्षा र कोईरालाले देखाएको वाटो हिड्नु आवश्यक रहेका छ भन्नुभयो । सोहि अवसरमा काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले अवको विकल्पक काँग्रेस वन्नु पर्ने वताउनु भयो । जनतामा छाएको निरासालाई आशामा परिवर्तन गर्दै देशको रक्षाका लागि लाग्ने समय आएको वताउनु भयो । हेनुस् तस्विरहरु………………..

प्रतिक्रिया दिनुहोस !