सनद अधिकारी/चितवनः नेपाली काँग्रेसका नेता डा. मिलेन्द्र रिजालले मुलुकमा अहिलेको उपलव्धि पूर्व प्रधानमन्त्री स्व. गीरीजा प्रसाद कोईरालाले देखाएको वाटो अनुसार भएको वताउनु भएको छ । जिपी कोईराला फाउण्डेशन चितवन क्षेत्र नम्वर २ ले गीरीजा प्रसाद कोईरालाको ९६ औं जन्मजयन्तीको अवसरमा आज यहाँ आयोजना गरेको नेपालको जनक्रान्ति जनआन्दोलन, जनआन्दोलन २ तथा गणतन्त्र र गीरीजाप्रसाद कोईराला विषयक प्रवचन कार्यक्रममा वोल्दै उहाँले अहिले देशको हिडिरहेको वताउनु भएको हो ।
देशमा आर्थिक विकास देखि अन्य क्षेको विकासको प्रारम्भ उहाँकै पालावाट सुरु भएको उहाँको भनाई थियो । मुलुक उहाँले देखाएको वाटोमा हिडेको भए पनि सरकार गलत वाटोमा हिडेको उहाँको वुझाई थियो । उहाँले भन्नुभयो “सरकारले गीरीजावावुको वाटोलाई चुनौति दिएको छ । देशलाई समस्यामा पर्न लागिएको छ ।” सरकारका कारण पुनरउथ्थानवादीहरु खोल ओडर र उग्रवादिहरु संविधान मास्न उद्धत वन्न लागेको उहाँको आरोप थियो ।
नेपालको राजनितिमा ज्यानलाई जोखिममा राखेर राजनितिकलाई निकास दिने नेताको रुपमा कोईराला रहेको भन्दै उहाँले अहिलेको काँग्रेस भित्र त्यस्तो नेतृत्व नरहेको वताउनु भयो । उहाँले भन्नुभयो “अहिले पार्टीका लागि चुनौति भनेको निडर र त्यागि नेता नहुनु हो । कार्यकर्ताले कस्को मुख हेरेर विश्वास गर्ने ।” गीरीजा सवैको विश्वाशीलो नेता भएका कारण नै देश अहिलेको अवस्थामा आएको उहाँको बुझाई थियो ।
पार्टीलाई चलायमान र विश्वाशीलो नेता भेट्टाउनका लागि तल्लो तहवाटै नेतृत्व छनोटको व्यवस्था गर्नु आजको आवश्यकता रहेको उहाँले वताउनु भयो । पार्टी र राष्ट्रलाई चुनौति हुँदा जनतामाझ जान सक्ने नेताको अभावका कारण काग्रेस यो अवस्थामा आएको उहाँको भनाई थियो । गीरीजावावु नहुनुका कारण पार्टी आज यो अवस्थामा आई पुगेको उहाँले वताउनु भयो ।
उहाँले भन्नुभयो “गीरीजावावुले काँग्रेसलाई वाटो देखाउनु भयो । अव त्यो वाटोमा काँग्रेसको गाडी गुडाउन सक्नु पर्छ ।” सहि निर्णय लिने नेतृत्वको क्षमताको अभावका कारण पार्टीलाई जागरण अभियान संञ्चालन गर्नु परेको उहाँको भनाई थियो । राजनैतिक सम्भावनालाई ध्यानमा राखेर निर्णय लिन सक्ने नेता भएका कारण काँग्रेस अहिले सम्म रहेको र अहिले त्यस्ता नेताको अभाव भएको उहाँको वुझाई रहेको छ ।
विभिन्न राजनैतिक दलका नेताहरुले काँग्रेसका नेताहरुको नाम लिने गरेको भन्दै उहाँले नाम लिदैमा त्यही वाटो हिड्छन् भन्ने छैन भन्नुभयो । अहिलेको अवस्थामा काँग्रेस रहेको पनि उहाँकै कारण भएको उहाँले वताउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, काँग्रेस नेता पुरञ्जन आचार्यले काँग्रेसका कार्यकर्ताहरु डिप्रेसनवाट उठे पनि शिर्ष नेतृत्वहरु उठ्न नसक्नु पार्टीका लागि दुर्भाग्य भएको वताउनु भयो । पार्टीका र्शिष नेतृत्वको चेत नखुले सम्म जीपीको सपना पुरा हुन कठिन रहेको उहाँहरुको भनाई थियो ।
फाउण्डेशन क्षेत्र नम्वर २ का संयोजक छविलाल ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जीपी फाउण्डेशन प्रदेश नम्वर ३ की संयोजक रिता खनाल, प्रदेश नम्वर ४ की संयोजक सारदा पौडेल, नेपाल महिला संघ केन्द्रिय अध्यक्ष उमा रेग्मी, नेपाली काँग्रेस चितवका पूर्व सभापतिहरु टेक प्रसाद गुरुङ्, रामकृष्ण घिमिरे, तोपमान सिंह गुरुङ्, कृष्णलाल सापकोटा लगाएतले वोल्नु भएको थियो ।
यसै विच नेपाली काँग्रेस चितवन क्षेत्र नम्वर ४ ले गीरीजा प्रसाद कोईरालाको जन्मोत्सवको अवसरमा वृक्षा रोपण कार्यक्रम सम्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस !