चितवनः कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्टार र सेवा आयोगका अध्यक्षले विश्वविद्यालय हाता भित्रको आवास प्रयोग नगरी वजारमा भाडामा वस्दै आएका छन् । आवासीय विश्व विद्यालयको रुपमा रहेको यस विश्वविद्यालय हाताभित्र पदाधिकारी, प्रध्यापक र कर्मचारीका लागि आवासको व्यवस्था रहेको छ । तर उनीहरु सरकारी निवास छाडेर भरतपुरमा घर भाडामा लिएर वस्दै आएका छन् ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. ईश्वरी प्रसाद ढकाल भने विश्वविद्यालयको हाता भित्रको आवासमा वस्दै आउनु भएको छ । रजिष्टार प्रा.डा. मनराज कोलाक्षपती र सेवा आयोगका अध्यक्ष रामनाथ ओझाले भने भरतपुरमा घर भाडामा लिएर वस्दै आउनु भएको छ । दवै जनालाई विश्वविद्यालय परिषरमा आवास दिन सकीने भए पनि उहाँहरु वस्न मान्नु हुँदैन ।
वजारको वातावरणमा रमाउँदै आउनु भएका उहाँहरुलाई विश्वविद्यालय सरकारी काम कहिले जाला घाम भने जस्तै भएको छ । विहान कार्यालय गयो पाँच वज्दा नवज्दै निस्किन पाईने भए पछि किन वस्ने विश्वविद्यालयको परिसरमा रहेको आवासमा ।
भित्र वस्दा त्यहाँको समस्या थाहा हुने र व्यवस्थापन गर्न सहज हुने भए पनि उहाँहरुलाई त्यस संग कुनै लेनदेनको कुरै भएन । विश्वविद्यालय जे होस के भयोर उहाँहरुलाई । दुवै जनाले भरतपुरको आवास छोडेर रामपुर जान नचाहेको उपकुलपति ढकालले जानकारी दिनु भयो । विश्वविद्यालयका लेखा प्रमुख विष्णु देवानका अनुसार दुई आवास भरतपुरमा व्यवस्थापन गर्न रु ५० हजार हाराहारी मासिक खर्च हुने गरेको छ ।
शिक्षा मन्त्रीको निर्देशन पछि काठमाडौंमा रहेको विश्वविद्यालयको कार्यालय हटाईएको छ । काठमााडौंमा विश्व विद्यालयको आवास भने अहिले पनि रहेको छ । भरतपुर समेत विश्वविद्यालयको आवास राखिएकोमा हालै मात्र हटाईएको छ ।
विश्वविद्यालयमा समय समयमा वन्द, हड्ताल, आन्दोलन हुने भएकाले यी सवै कार्यालाई छलेर वजारमा रमाउन पदाधिकारीहरु भरतपुर वस्ने गरेको आरोप लागेको छ । जुन ठाउँ विश्वविद्यालयवाट १० किलोमिटरको दुरीमा छ ।
रजिष्टार कोलाक्षपतीले भरतपुर वसे पनि अधिकांश समय रामपुरमा रहने गरेको दावि गर्नु भयो । यस अघि भरतपुरमा विश्वविद्यालयको केन्द्रीय कार्यालय हुँदा तत्कालीन उपकुलपती वस्नका लागि भाडामा लिईएको आवास नै कोलक्षपतीले प्रयोग गर्दै आउनु भएको छ ।