चितवनः काँग्रेसलाई हिन्दु राज्यको पक्षमा लागेको आरोप लाग्दै गर्दा काँग्रेस चितवनले पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोईरालाको ९६ औं जन्मजयन्तीको अवसरमा लाखवत्ती वाल्ने तयारी गरेको छ । आफ्ना स्व. नेताको जन्मजयन्तीको अवसरमा वृहत सहभागितामा नारायणी नदि किनारमा लाखवत्ती वाल्न लागिएको हो ।
जिल्ला कार्यसमितिले निर्णयनै गरेर भोलि (वुधवार) लाखवत्ती वाल्ने कार्यक्रम तय गरेको हो । जिल्ला सदस्य झलक गुरुङ्को संयोजकत्वमा सम्पूर्ण तयारी गर्न लगाईएको छ । जिल्ला सभापति जीतनारायण श्रेष्ठले वुधवार साँझ नारायणी किनारमा कोईरालाको सम्झनामा लाखवत्ती वाल्न लागिएको जानकारी दिनु भयो ।
दुई सय वटा प्यालामा एक लाख भन्दा वढि वत्ती वाल्ने तयारी गरिएको छ । यस संगै नारायणी किनारमा हुने श्री गण्डकी नारायणी संरक्षण महाआरतीको वुधवारको खण्ड स्व. कोईरालाको नाममा समर्पित गरिदैंछ । जसका लागि लाग्ने खर्च नेपाली काँग्रेस चितवनले वेहोर्न लागेको महाआरतीका सल्लाहाकार टंकनाथ पौडेलले जानकारी दिनु भयो ।
लाखवत्ती र दिप प्रज्वलनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य पूर्व मन्त्री डा. मिलेन्द्र रिजालको समेत उपस्थिति हुने भएको छ । जिल्ला सभापति श्रेष्ठले आफ्ना स्व. नेताको सम्झनामा लाखवत्ती वालेर पहिलो पटक जन्मदिन मनाउन लागिएको जानकारी दिनुभयो । चितवन र छिमेकी जिल्लावाट समेतको उपस्थिती रहने अनुमान गरिएको छ ।
शान्ती प्रकृयाका नायकको रुपमा कोईरालालाई लिईएको भन्दै श्रेष्ठले उहाँ पार्टीको मात्र नभएर देशकै नेता भएको हुनाले उहाँको जन्मदिन विशेष पूर्वक पार्टीले मनाउन लागेको वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !