चितवनः स्थानीय तहको निर्वाचनका सयममा भरतपुर महानगरपालिकाको मत गणनाको क्रममा मतपत्र च्यातेको अभियोगमा दोषी ठहर भएका दुई जनालाई धरौटी वरावरको रकम जरिवाना तोकेको छ । जिल्ला अदालत चितवनले मतपत्र च्यात्ने द्रोण शिवाकोटी र मधु न्यौपानेलाई धरौटी वरावरामा रकम एक एक लाख रुपैंया जरिवान सजाय तोकेको हो । अदालतका श्रेष्तेदार रुद्रमणी गिरीका अनुसार चितवन जिल्ला अदालतका न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले मतपत्र च्यात्ने मुख्य अभियुक्तलाई निर्वाचनका समयमा लिईएको धरौटी वरावरको रकम सजाय सुनाएको हो । अदालतले गत जेठ ३० गते उनीहरुलाई दोषी ठहर गरिएकोमा आज सजाय सुनाईएको हो ।
तत्कालीन समयमा भरतपुर महानगरको निर्वाचनमा प्रमुख पदमा प्रतिस्पर्धी रेनु दाहाल र देवी ज्ञवालीबीच मतान्तरको विषयमा रेनु दाहाल पक्षका मत गणनामा सलंग्न उनीहरुले मत पत्र च्यातेको जनाईएको थियो ।
भरतपुर महानगरपालिकाको मतगणना अन्तिम हुँदै गर्दा वि.सं.२०७४ सालको जेठ १४ गते मध्यरातमा मतपत्रहरु च्यातिएका थिए ।
मतपत्र च्यातिएपछि भरतपुर–१९ मा पुनः साउन २० गते मतदान भएको थियो । सो निर्वाचनमा कांग्रेस माओवादी केन्द्र गठवन्धनकी उम्मेदवार रहेकी रेनु दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीलाई २०३ मतले हराएर प्रमुखमा निर्वाचित हुनु भएको थियो ।
मत गणनाका क्रममा मत पत्र च्यात्ने शिवाकोटी र न्यौपानेलाई तत्कालीन समयमा एक÷एक लाख रुपैंया धरौटीमा अदालतले रिहा गरेको थियो । सोहि रकम वरावरको जरिवाना तोकीएको श्रेष्तेदार गिरीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस !