सनद अधिकारी/चितवनः भरतपुर अस्पतालको आकस्मिक कक्षमा अहिले दिनकै १० देखि १२ जना सर्पदंशका विरामी आउने गरेका छन् । अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलका अनुसार अस्पतालमा आएका मध्ये चालु आर्थिक वर्षमा ९३ जना विारमी सर्पदंशका रहेका छन् ।
आईतवार साँझ मात्रै भरतपुर अस्पतालको आकस्मिक कक्षमा सर्पदंशका भयो भने संकाका कारण ११ जना विरामी आएको पौंडेलले वताउने भयो । उनिहरु मध्ये ६ जना चितवनका र अन्य मकवानपुर, नवलपरासी र लम्जुङ्का रहेका छन् । उनीहरुलाई अहिले अस्पतालको आकस्मिक कक्षमा राखि लक्ष्यण होकी होईन भन्ने विषयमा अव्जरभेसन गरि राखिएको छ ।
दैनिक सर्पदंश भयो भनेर आउने विरामीहरु मध्ये सवै सर्पदंशको नहुने गरेको उहाँले वताउनु भयो । सर्पदंशको आशंकामा वार्षिक २ हजार विरामा आउने गरेको उहाँले वताउनु भयो । गर्मीयाम बढेसँगै सर्पदंशका विरामीसमेत बढ्न थालेको अस्पतालको उहाँले जानकारी दिनु भयो । चालु आर्थिक बर्ष ०७५÷०७६ को जेष्ठ मसान्त सम्म मात्र बिषालु सर्पले टोकेर आएका ९३ जनाको उपचार गरिसकेको छ । पौडेलका अनुसार वि.सं. २०७६ साल सुरु भए देखि यता २३ जनालाई सर्पदंशको उपचार गरिएको छ ।
यसरी उपचार गराउन आउने बिरामीको तथ्याङक हेर्दा ४५ जना महिला र ४८ जना पुरुष छन् । चितवन मात्रैं नभएर अन्य वरपरका जिल्लाबाट समेत सर्पले टोकेका विरामीहरुलाई उपचारका लागि भरतपुर अस्पतालमा नै ल्यााउने गरिएको छ । बारा, पर्सा, चितवन, मकवानपुर, धादिङ, लमजुङ, रुपन्देही, तनहुँ, गोरखा, कपिलवस्तु, र नवलपरासीबाट सर्पदंशका विरामीहरु उपचारका लागि आउने गरेका छन् ।
अस्पतालको तथ्याङ्क अनुसार सर्पदंशका कारण एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । मौसम परिर्वतनसँगै विषेश गरी जाडोयाम मंसिर, पुष, माघ र फागुनमा सर्पदंशका विरामी आएको पाइदैन । सर्पदंशका विरामीलाई व्यवस्थित गर्नका लागि अस्पतालले आकस्मिक कक्षमा ३ वटा वेड छुट्टाएको छ । अस्पतालले सर्पदशंका विरामीलाई लक्षित गरी अब्जरभेसनमा २ वटा वेड, र आईसियु २ वेड छुट्याएको पौडेलले जानकारी दिनु भयो ।
उपचारका लागि आवश्यक पर्ने औषधी एन्टी स्नेक भेनम अस्पतालले विरामीलाई निःशुल्क उपलब्ध गराउदै आएको छ । एउटा विरामीमा सर्पले डसेको लक्षण देखिएपछि सामान्यतय १० देखि ३० भायलसम्म एन्टि स्नेक भेनम दिनुपर्ने हुन्छ ।
अस्पतालमा लामो समय सर्पको डसाईका सम्वन्धमा अध्ययन, अनुसन्धान र उपचारमा सक्रिय भएर केहिदिन अघि मात्र निवृत्त हुनु भएका डा. विजय पौडेलका अनुसार भरतपुर अस्पताल यस क्षेत्रको सर्पदंश उपचार केन्द्रको रुपमा विकास हुँदै गएको छ ।
वि. सं. २०६० सालमा पौडेल फिजिसियनको रुपमा भरतपुर अस्पताल आउँदा सर्पदंश विरामीको अवस्था दयनीय हुने गर्दथ्यो । विगतलाई सम्झदै उहाँले भन्नुभयो “सर्पले डसेका पाँच सय हाराहारी विरामी अस्पताल आउँथे । ती मध्ये १सय ७५ जति विषालु सर्पका हुन्थे । उनीहरु मध्ये ३० प्रतिशत जतिको निधन हुने गर्दथ्यो ।” पौडेलकै नेतृत्वमा भरतपुर अस्पताल सहित देशका तीन स्थानमा अध्ययन र अनुसन्धान थालियो । जसको नतिजाले मृत्यु दरलाई ५ प्रतिशत तल झारेको पौडेल वताउनु हुन्छ ।
पहिले एउटै विरामीलाई एक सय ६० भायल सम्म प्रति विष (एन्टि स्नेक भेनम) दिईने भए पनि आँफुहरुको अनुसन्धान पछि अहिले वढिमा ३० भायल दिईने गरेको पौडेलले वताउनु भयो । गत वर्षको तथ्याङ्कलाई समग्रमा हेर्दा प्रतिव्यक्ति १४ भायल दिईएको उहाँले वताउनु भयो ।
उहाँहरुले तयार गरेको निर्देशिका अनुसारनै देशभर धेरै डोजवाट कम डोज दिदै जाने नयाँ पद्धत्तिको थालनि गरेर विरामी पनि वचाउने र औषधि पनि कम खपत हुने गरेको पौडेलको भनाई छ । जसका कारण पछिल्ला वर्षहरुमा औषधिको अभाव हुन छाडेको छ ।
भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारी भरतपुर अस्पताल यस क्षेत्रकै उपचारको केन्द्र भएको वताउनु हुन्छ । अस्पताल आई पुगेको विरामी वचाउन सकिने भन्दै उहाँले सर्पले डसेको थाहा पाउना साथ जे जस्तो साधन छ त्यसमा तत्काल प्रति विष उपलव्ध हुने अस्पतालमा पुर्याउनु पर्ने सुझाव दिनु हुन्छ । पछिल्लो अनुसन्धान यताको उपलव्धि संगै विरामी वचाउन सकीएको भन्दै उहाँले अस्पतालको सघन उपचार कक्षमा सर्पदंशका विरामीकै लागि दुईवटा शैया राख्ने गरेको अधिकारीले जानकारी दिनु भयो । यस संगै प्रत्यक्ष निगरानी र आकस्मिक कक्षमा पनि त्यस्ता विरामीका लागि शैया छुट्याएर राखिएको छ ।
कोब्रा सर्पले टोकेको लक्षण आधा घण्टा भित्र देखिसक्छ भने, करेत लगायतका अन्य विषालु सर्पले टोकेको लक्षण एक दुई घण्टामा देखिसक्छ । २४ घण्टासम्म विरामीलाई अब्जरभेसनमा राख्ने गरीएको छ । बढ्दो गर्मीका कारण सर्पदंशका विरामीहरु बढ्दै गएका छन् । गर्मी लागेसँगैं सर्पहरु जमिनको सतहमा निस्कने र मानिसहरु पनि शितलताका लागि खुल्ला ठाउँमा बस्ने र सुत्ने गर्दा सर्पदंशका विरामीहरु बढ्दै गएका छन् । खेतबारीमा काम गर्न जाँदा पनि सर्पले डसेको पाइन्छ । सर्पदंशको उपचार र अनुसन्धान भरतपुर अस्पतालमा हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस !