चितवनः तत्कालीन भरतपुर नगरपालिकाका संस्थापक प्रमुख मुक्तिलाल चुकेको निधन पछि आँखा दान गरिएको छ । चुके परिवारले आँखा दान गरेका हुन । चुके नेपाल नेज्योती संघका संस्थापक हुनुहुन्छ । अस्पतालमा ६५ जनाको आँखा प्रत्यारोपण गरिएको छ उहाँ सहित ६ जनाले आँखा दान गरी सकेका छन् ।

आँखादानका लागि हालै मात्र गठन भएका दुईवटा लायन्स क्लवले जनचेतना अभिवृद्ध गर्न सुरु गरेका छन् । लायन्स क्लव अफ नारायणी एमजेएफ र लायन्स क्लव अफ चितवन राईजले आँखा दानका लागि जनचेतना जगाउने काम सुरु गरेका हुन ।

चुकेको आज देवघाटमा अन्तीम संस्कार गरिएको छ । उहाँलाई नेपाली काँग्रेसका महामन्त्री डा. शशंक कोईरालाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली व्यक्त गर्नु भएको थियो । यस अघि आज विहान काँग्रेस चितवनको पार्टी कार्यालयमा अन्तिम श्रद्धान्जलीका लागि राखिएको थियो । नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी चितनका अध्यक्ष यमवहादुर परियार लगाएतको ठूलो संख्यामा अन्तिम श्रद्धान्जली लागि देवघाट पुगेका थिए ।

वि.सं. १९९२ कार्तिकमा गुल्मीमा जन्मनु भएका चुकेको ८४ वर्षको उमेरमा शुक्रवार निधन भएको थियो । वुवा ज्योतिलाल चुके र आमा गंगादेवि चुकेको कान्छा छोराको रुपमा जन्मनु भएका मुक्तिलाल चुकेका तीन जना छोरा र एक छोरी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !