चितवनः दुई विश्वविद्यालय विच विवाद सुरु भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू)र त्रिभूवन विश्वविद्यालय (त्रिवि) विचमा जग्गाको विषयलाई लिएर विवाद वढेको हो ।
जसका कारण वन विज्ञान संकाय हेटौडा क्याम्पसले मकवानपुरमा एएफयूले निर्माण गर्न लागेको भवनको काम रोकीएको छ । यहि असार ९ गते एएफयूले शिलन्यास गरेर शैक्षिक भवनको निर्माण कार्य सुरु गरेको थियो । त्रिविले आफ्नो जग्गामा भवन निर्माणको काम गरिएको भन्दै निर्माण प्रकृया रोकेको हो ।
सो भवनको प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले शिलन्याश गर्नु भएको थियो । एएफयूका उपकुलपति प्रा.डा. ईश्वरी प्रसाद ढकालले दुई विश्वविद्यालय विचमा भएको सहमति अनुरुपको जग्गामा भवन निर्माण गरिएकोमा त्रिविले रोकेको वताउनु भयो । उहाँले दुई विश्वविद्यालयका रजिष्टार सहितको टोलिले दिएको प्रतिवेदन र त्रिविको सिनेटमा समेत वाटो छेउको जमिन एएफयुलाई दिने भनि गरिएको निर्णय अनुसार सोहि ठाउँमा भवन निर्माण थालिएको जानकारी दिनु भयो ।
उहाँका अनुसार मन्त्री परिषदले रामपुरको ३ सय ३८ विगाहा जमिन मध्ये ४० विगाहा १९ कठ्ठा त्रिविलाई ईन्जिनियरीङ् कलेज निर्माण गर्न दिने र हेटौडाको १ सय ५८ विगाहा जमिन मध्ये ६० विगाहा एएफयूलाई दिने निर्णय भएको थियो । रामपुरमा त्रिविलाई भवन निर्माण गर्न रु १५ करोड र हेटौडामा एएफयूलाई भवन निर्माण गर्न सोहि वरावर रकम दिने निर्णय भएको ढकालले वताउनु भयो । दुई विश्व्विद्यालयको विचमा रामपुरमा त्रिविलाई र हेटौडामा एएफयूलाई वाटो छेउमा जमिन दिने सहमति भएको ढकालको भनाई छ ।
तर त्रिविका उपकुलपति प्रा.डा. तिर्थ खनियाले हेटौडामा एएफयूलाई वाटो छेउमा नभएर वाटो दिएर भित्र जमिन दिने निर्णय भएको भए पनि एएफयूले त्रिविको जमिनमा भवन वनाउन सुरु गरेका कारण काम रोकीएको वताउनु भयो । त्रिवि सरकारको र सिनेटको निर्णय मान्न तयार रहेको भन्दै उहाँले एएफयूले सहमति अनुसार भवन निर्माण गर्नु पर्ने वताउनु हुन्छ । सो स्थानमा एएफयूले रु.९ करोड ८८ लाखमा शैक्षिक भवन निर्माणको काम सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस !