चितवनः भरतपुर महानगरपालिका प्रमुख र उपप्रमुखको विवाद छताछुल्ल भएको छ । लामो समय देखि रहदै आएको विवाद महानगरको चौथो नगर सभा सम्म आईपुग्दा उग्ररुप लिएको हो । आफ्ना असहमतिहरु राख्नका लागि उपप्रमुख मञ्चमा जाँदै गर्दा प्रमुखले माईक खोस्ने र महानगरका प्रवक्तावाट वाहिर निस्कन खोज्दा ढोका थुन्ने काम भएको उपप्रमुख पार्वती शाह ठकुरीले जानकारी दिनु भयो ।
पहिले देखि विवाद रहेका मुद्धामा आँफुले अहिले नगरै भन्दा प्रमुखले पेलेर हिड्न खोजेपछि विवाद चुलिएको उहाँको आरोप छ । विशेष गरि नगरपालिकामा विभिन्न १० समितिहरु गठनको विषयमा लामो समय देखि देखिएको विवाद अहिले नगर सभामा आएर विस्फोट भएको उहाँले वताउनु भयो । आँफुले पटक पटक यस विषयमा समस्याको समाधान खोज्न आग्रह गर्दा पनि नभए पछि विवाद उत्कर्षमा पुगेको उहाँले जानकारी दिनु भयो । सभामा छलफलमा ल्याउनु पर्ने विषयहरुमा आँफुसंग छलफल नगरि ल्याईएको भन्दै उपप्रमुखले असन्तुष्टि जनाउनु भएको थियो ।
आफ्ना असन्तुष्टि राख्ने क्रममा महानगर प्रमुख रेनु दाहालले आँफुलाई अपशव्द प्रयोग गरेको भन्दै उहाँले आपत्ति समेत जनाउनु भयो । आफ्ना असहमतिका कुरा राख्न नपाएको भन्दै उपप्रमुख शाहले वन्दसत्र वपहिस्कार गरेर निस्किनु भएको छ । यस विषयमा उपप्रमुख शाहले गत दुई महिना अघि पनि असन्तुष्टि व्यक्त गर्नु भएको थियो । आफ्ना असन्तुष्टिहरु सुनुवाई गर्ने सहमति भए पनि सहमति अनुसार काम हुन नसकेको उहाँको भनाई छ ।
महानगर प्रमुख दाहालले अहिलेको समस्या पार्टी भित्रको आन्तरीक समस्या भएको वताउनु भयो । कतिपय वैठकहरु आपतकालीन हुने भएकाले त्यसमा असहमति राख्नु जायज नहुने उहाँको भनाई छ । उहाँले भन्नुभयो “एउटा व्यक्तिको हटका कारण यस्तो हुनु नराम्रो हो । म पनि कतिपय वैठकमा सहभागि हुन नसकेको हुन सक्छु ।”
सभाको असार १० गते पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नु भएको थियो । उद्घाटन पछि वन्द सत्र आज (विहिवार)का लागि आयोजना गरिएको थियो ।
वन्दसत्र वोलाईएको समयमा सुरु हुन सकेन । विहान ११ वजे देखि वन्दसत्र सुरु गर्ने भनि वोलाईएकोमा साँझ ५ वजे सम्म चल्न सकेन । समस्या समाधान नगरि सभाको वन्द सत्र संञ्चालन नहुने भन्दै असार १४ गते सम्मका लागि स्थगित गरिएको छ । महानगर प्रमुख दाहालले सभालाई संम्बोधन गर्दै समस्या समाधानको विकल्प खोजि गरी वन्दसत्र सुरु गरीने वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !