
चितवनः नेपाल विद्यार्थी संघ चितवनले भोलि विहान चक्का जामको आयोजना गरेको छ । नेपाल विद्यार्थी संघ चितवनका अध्यक्ष सुर्य ढकाल द्धारा जारी विज्ञप्तिमा नेपाल विद्यार्थी संघ पूर्व क्षेत्रीय सभावपति तीलचन्द्र अधिकारीको मृत्यु पश्च्यात पनि दोशिलाई प्रशासनले पक्राउ गर्न नसकेको भन्दै नेपाल विद्यार्थी संघ जिल्ला समिति आन्दोलित वनेको हो । आन्दोलनका कार्यक्रममा भोलि विहान १०ः३० वजे चितवन र नवलपुर जिल्लामा चक्काजामको आयोजना गरिएको जनाईएको छ । अधिकारीलाई सोमवार राती ९ः५० वजे गैंडाकोटमा ट्रकले मोटरसाईकललाई ठक्कर दिएको थियो । ठक्करवाछ घाईते अधिकारीको उपचारका क्रममा चितवन मेडीकल कलेजमा मृत्यु भएको थियो ।
अधिकारीको मोटरसाईकल लाई ठक्कर दिने ट्रकका चालक र धनिलाई सरोकारवाला निकायले सम्पर्कमा ल्याउनुशको सट्टा नक्कली चालक खडा गरेको भन्दै नेविसंघ चितवनले आन्दोलनको घोषणा गरेको हो । विज्ञप्ती सहित ………