चितवनः वीपि कोईराला मेमोरीयल क्यान्सर अस्पतालले दुईवटा आफ्नै फार्मेसी संञ्चालनमा ल्याएको छ । अस्पतालले संञ्चालनमा ल्याएको फार्मेसीको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज एक कार्यक्रमका विच उद्घाटन गर्नु भयो ।
फार्मेसीको उद्घाटन गर्दै दाहालले अस्पतालवाट दिईने सेवालाई विश्वसनिय र गुणस्तरीय वनाउन आवश्यक रहेको वताउनु भयो । क्यान्सर अस्पतालको विकास र विस्तारमा शान्ति प्रकृयामा आए देखिनै आँफुले योगदान पुर्याउँदै आएको वताउँदै उहाँले देशको एक मात्र केन्द्रिय स्तरको सुविधा सम्पन्न यस अस्पतालको विकासका लागि सरकार र मित्रराष्ट्रहरु संग आँफुले निरन्तर कुराकानी गरिरहेको दाहालले वताउनु भयो । अस्पतालको आफ्नै फार्मेसीवाट विरामीले सर्वसुलभ र गुणस्तरीय औषधि पाउनेमा आँफु विश्वस्त रहेको वताउँदै उहाँले सोहि अनुरुप काम गर्न अस्पताल प्रशासनलाई आग्रह गर्नु भयो ।

दाहालले आँफु प्रधानमन्त्री हुँदा अस्पताल स्वंमले फार्मेसी संञ्चालन गरी सहुलियत दरमा गुणस्तरीय औषधि विक्रि वितरणको व्यवस्था मिलाउने निर्णय अनुरुप आज आँफैले फार्मेसीको उद्घाटन गर्न पाएकोमा खुशी व्यक्त गर्नु भयो । सो अवसरमा अस्पतालका कार्यकारी निर्देशक डा. विजय चन्द्र आचार्यले फार्मेसी संञ्चालन प्रकृया र सहुलियत दरमा विरामीले औषधि पाएको जानकारी गराउनु भएको थियो । उहाँले यो फार्मेसी अस्पतालले अतिरिक्त आम्दानीका लागि नभएर विरामीको सेवाका लागि केन्द्रित हुने वताउनु भयो ।
अस्पतालको फार्मेसीवाट एक हजार प्रकारका औषधि किन्न सकीने छ । अस्पतालले फार्मेसी संञ्चालन गरे संगै वजारको विक्रि मूल्य भन्दा तीन सय गुणा सम्म सस्तोमा विरामीले औषधि पाएका छन् । आचार्यका अनुसार फार्मेसी संञ्चालन निर्देशीका २०७२ ले तोके अनुसार वोलपत्र आव्हान गरि खरिद गरिएको मूल्यमा २० प्रतिशत मुनाफा राखेर विक्रि गरिएको छ । क्यान्सरका विरामीलाई लगाईने महंगो केमो देखि ग्यास्टिक नवढोस भनेर खाईने सामान्य औषधि सम्म निकै सस्तो मुल्यमा उपभोक्ताले पाएका छन् ।
अक्ज्यालो प्लाटिन नामक केमो वाहिरी वजारमा एक भायलको रु १५ हजार पर्दछ भने अस्पतालको फार्मेसीमा रु ३ हजार ३ सय मा विक्रि गरिएको आचार्यले जानकारी दिनु भयो । त्यसै गरि वजारमा प्रति ट्यावलेट रु ८ पर्ने प्यान्टोप्राजोल ३ रुपैंया २५ पैसामा अस्पतालको फार्मेसीमा पाईन्छ ।
अस्पतालको कार्यवाहक अध्यक्षको रुपमा काम गर्दै आउनु भएकी भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अस्पतालको आफ्नै फार्मेसी भए संगै विरामी प्रत्यक्ष रुपमा लाभान्वीत हुने वताउनु भयो । पछिल्लो समय अस्पताल सुधारको गतिमा अघि वढेको भन्दै उहाँले यसलाई एशीयाको नमुना अस्पतालको रुपमा विकास गर्न महानगर लागि परेको जानकारी दिनु भयो । अस्पतालको वहिरंग र अन्तरंग सेवामा फार्मेसी संञ्चालमा ल्याईएको हो ।

प्रतिक्रिया दिनुहोस !