चितवनः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व पधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले माडीका समस्या र सम्भावना विशिष्ट प्रकृतिको रहेको वताउनु भएको छ । माडी नगरपालिकाको तेस्रो नगरसभालाई संम्वोधन गर्दै उहाँले माडीको समस्या समाधान गर्दै माधान गर्दै अघि वढ्न तर्फ संघ लागि परेको वताउनु भयो । माडी वासि जनताका लागि निकुञ्ज समस्याका रुपमा रहेको वताउँदै उहाँले भन्नुभयो “निकुञ्ज ऐन २०२९ जनताको आवश्यकतालाई महशुस नभई जनावरको आवश्यकतालाई महशुस गरेर ल्याईएको थियो । अव त्यसलाई संसोधन गरेर निकुञ्ज पनि रहने जनताको माग पनि पुरा हुने गरि ल्याउने तयारी भईरहेको छ ।” उहाँले थप्नुभयो “ऐन संशोधनका विषयमा मन्त्रालय र विदेशि निकायह संग छलफल भईरहेको छ ।”
निकुञ्ज हुनु आँफैमा महत्वको कुरा भए पनि निकुञ्जका कारण जनताले दुःख पाउन नहुने उहाँको भनाई थियो । अध्यक्ष दाहालले निकुञ्जमा पर्ने सडक कालोपत्रे गर्ने विषयमा पनि छिट्टै निकास खोजिने वताउनु भयो । राजनैतिक दलहरुले निर्णय गर्दा कहिले कर्मचारीले त कहिले अदालते समस्या वनाउने भए पनि यसलाई उपयुक्त निकास निकाल्ने गरि छलफल भईरहेको उहाँको भनाई थियो । निकुञ्ज क्षेत्रमा आकाशे पुल वा भूमिगत सडक निर्माणको विषयमा पनि छलफल भईरहेको छ उहाँले भन्नुभयो ।
माडी क्षेको पूर्वाधार निर्माणमा देखिएका समस्याहरुको समाधानका लागि आँफुले छिट्टै पहल थाल्ने उहाँको भनाई थियो ।
पूर्व प्रधानमन्त्री दाहालले माडी नगरपालिकालाई प्राङ्गारिक खेति र माछा पालनको पकेट क्षेत्रको रुपमा बिकास गर्नु आवश्यक रहेको वताउनु भयो । सुकुम्वासी समस्या समाधानका लागि मन्त्रालयले भू उपयोगि विधेक मार्फत समस्या समाधान गर्न लागेको उहाँले जानकारी दिनु भयो । सुकुम्वासी समस्या समाधानका लागि सरकारले वैकल्पिक उपायको खोजि गरिरहेको उहाँको भनाई थियो ।
कार्यक्रममा बोल्दै उहाँले स्थानीय, प्रदेश र संघ सरकारको संमन्वयमा जनताले विकासको अनुभूति गर्ने गरि काम गर्न आवश्यक रहेको वताउनु भयो । उहाँले तिनै तहको समन्वयले विकास र सम्वृद्धि सम्भा हुने वताउनु भयो ।
अहिले तीनै तहको समन्वय गर्ने काम भईरहेको उहाँको भनाई थियो । कानुन निर्माणको क्रममा रहेका कारण तीन तहको समन्वयमा केहि समस्या देखि पनि कानुन निर्माण पछि समस्या समाधान हुने उहाँले वताउनु भयो । अहिलेको परिवर्तन गुणात्मक परिवर्तन भएको उहाँको भनाई थियो । उहाँले पहिलाका परिवर्तन मात्रात्मक भए पनि राजा फालेर गणतन्त्र ल्याउनु सानो परिवर्तन नभएको भन्दै अव जनताले विकासमा परिवर्तन चाहेको वताउनु भयो ।
पुरानै संरचना र पुरानै कानुनमा काम गर्न कठिन भएको उहाँले भन्नुभयो । उहाँले भन्नुभयो “नयाँ संरचनाहरु पुराना ऐन कानुन र काम गर्ने तरिकामा परिवर्तन नआए नयाँ संरचनाले काम गर्न सकिदैन ।”
कार्यक्रममा बोल्दै उहाँले वाँदरमुढे घटनाका पिडितहरु संग गरिएको सहमति अनुसार कामलाई अघि वढाउन लागिएको वताउनु भयो । सोहि सहमति अनुसार अहिले संघिय सरकारले घटनाका पिडितहरुको सम्झनामा रु १० करोडको पार्क निर्माणको तयारी थालेको उहाँको भनाई छ । उहाँले भन्नुभयो “द्धन्दकालमा भएको ठूलो दुर्घटनाका पिडितलाई समवै तह मिलेर सहयोग गर्नु आवश्यक छ ।”
आफ्नो योजना माडीलाई मणी वनाउने रहेको भन्दै उहाँले प्रदेश र स्तथानीय सरकारलाई सहयोग गर्न सकेत आग्रह गर्नु भयो । सवैको सहयोग भएमा केहि वर्षमा माडीमा ठूलो परिवर्तन गर्न सकीने उहाँको भनाई थियो ।
माडी नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ का लागि रु ९२ करोड ७० लाख ४८ हजारको बजेट पेश गरेको छ । तेस्रो नगरसभा मार्फत सो रकम विनियोजन गरिएको हो । जसमा चालु तर्फ रु १९ करोड ५० लाख र पुजिगत तर्फ रु. ७३ करोड २० लाख ४८ हजार बजेट विनियोजन गरिएको नगर उपप्रमुख तारा कुमारी काजी महतोले जानकारी दिनु भयो ।
नग प्रमुख ठाकुर ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य रामलाल महतो, नगरपालिकाका प्रवक्ता शिवहरी सुवदी लगाएतले वोल्नु भएको थियो ।