
चितवनः घडिको सुईले अप्राहन्नको करि १२ वजाउँदै थियो । भरतपुर महानगरपालिका वडा नम्वर १० चौविसकोठीमा गाडीहरुको लाम देख्न सकीन्थ्यो । भरतपुर अस्पताल आउने, नारायणगढ जाने, पश्चिम चितवन र पूर्वि चितवनका विभिन्न क्षेत्रमा जाने सवारी साधनहरुको चाप वाक्लो रहेको थियो ।
सोहि क्रममा गाडीको हर्नले वातावरण प्रदुषण गर्ने क्रम जारी रहेको थियो । जहाँ आडैमा हर्न निषेधित क्षेत्र भनेर घोषणा गरिएको वोड टाँसिएको छ । त्यहाँ मात्रै होईन गत भदौ १ गते देखि भरतपुरको रिङ्ग रोडलाई नै हर्न निषेधित क्षेत्र घोषणा गरिएको थियो । तर त्यहाँ सवारी चालकहरुले हर्न वजाएको देखेर एक वृद्ध आत्तिदै हुनुहुन्थ्यो । आवै के करायो यस्तो भन्दै उहाँ अचम्मित हुनु भएको थियो ।
केन्द्रीय बस टर्मिनल भरतपुर, चौंबीसकोठी, नारायणगढको लायन्सचोक, शहिदचोक, पूल्चोक, नारायणगढ बसपार्क लगायत राजमार्ग क्षेत्रमा हर्न बजाउनबाट निषेध गरिएको थियो । तर अहिले त्यो कार्यान्वनयमा आउन सकेको छैन । जिल्ला ट्राफिक प्रहरी कार्यालय शहरी क्षेत्रमा हर्नका कारण वायु प्रदुर्षण संगै दुर्घटना वढ्न सक्ने भन्दै हर्न निषेधित क्षेत्रको रुपमा घोषणा गरेका यी क्षेत्रमा अहिले जहाँ पनि हर्न वजाउने गरेको सुन्न सकीन्छ, नारायणगढ वजार देखि रिङ्रोड सम्म चारैतीर लागु गरिएको कुराको कार्यान्वयनमा भने कसैले ख्याल नगरेको समस्या वढ्दै गएको हो ।
आकस्मिकबाहेक अन्य अवस्थामा हर्न बजाउन निषेध गरिएको थियो । विभिन्न स्थानमा हर्न निषेधित क्षेत्र लेखिएका सूचनामूलक बोर्डहरु टाँगिएका छन् । तर तीनै चोकहरुमा हर्न वजाउने चालकहरुको संख्या भने घट्न सकेको छैन । काठमाडौं पछि पोखरा र त्यस लगत्तै चितवनको भरतपुरलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख चन्द्र कुमार गिरिले घोषणा गरे पनि कार्यान्वयनमा ल्याउन नसकीएको वताउनु भयो । जिल्लामा ट्राफिक प्रहरीको कमी र चालकहरुको लापरवाहिका कारण हर्न निषेधीत क्षेत्र कार्यान्वयनमा आउन नसकेको उहाँको भनाई थियो । अहिले निर्णय कार्यान्वयन नभएको भन्दै उहाँले कार्यान्वयनका लागि एक दुई दिनमानै प्रकृया अघि वढाउने वताउनु भयो ।
भरतपुर महानगरपालिका भने आफ्नै निणय कार्यान्वयन नहुँदा पनि कानमा तेल हाले वसि रहेको छ । महानगरपालिका उपप्रमुख पार्वति शाह ठकुरी निर्णय कार्यान्वयन हुने वताउनु हुन्छ । कतिपय कुराहरु व्यवहारीक रुपमा पनि हेरीनु पर्ने उहाँको तर्कछ । आँफुहरुले निर्णय गरेर सम्वन्धित पक्षलाई जानकारी गराई सकेको वताउँदै उहाँले सम्वन्धित पक्ष संग छलफल गरेर कार्यान्वयनको पक्षमा आँफुहरु जाने वताउनु भयो ।