चितवनः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एव. पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेल क्षेत्रको विकासले मात्रै मुलुकमा सम्वृद्धि आउने वताउनु भएको छ । भरतपुरमा जारी पाँचौ हानामी चितवन च्याम्पीयन सिपको आज समापन समारोहमा वोल्दै उहाँले अन्य देशहरुको विकास खेलका माध्यमले भएको भन्दै नेपालमा पनि खेल क्षेत्रलाई सवैले प्राथमीकतामा राख्नु पर्ने वताउनु भएको हो ।
खेल क्षेत्र राष्ट्रिय एकता, राष्ट्रिय अनुशासन, सभ्यता र पहिचानको आधार रहेको वताउँदै उहाँले खेलका कारण विश्वमा पहिचान रहने, आर्थिक रुपमा सम्वृद्धि हाँसिल गर्न सहज हुने वताउनु भयो ।
आँफुलाई मन पर्ने खेल फुटवल भएको भन्दै उहाँले नीजि क्षेत्रवाट हुने यस्ता प्रतियोगिताहरुलाई राज्यले सहयोग गर्ने जानकारी दिनु भयो ।
यसै विच भरतपुरमा जारी पाँचौँ हानामी चितवन च्याम्पियनसिपको उपाधि अभिशेक चर्च रजहरले हात पारेको छ । प्रतियोगितामा चर्चले निकटतम प्रतिश्पर्धी जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।
चर्चले विजेता वन्दै नगद रु ३ लाख, ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ । शिक्षालयले उपविजेता वन्दै रु १ लाख ५० हजार र जु फुटवल क्लव जुगेडीले तेस्रो स्थानमा चित्त वुझाउँदै रु ५० हजार हात पारेको छ ।
प्रतियोगिता भरको उत्कृष्ट खेलाडी अभिषेक चर्चका अजित गुरुङ घोषित हुनु भयो । उहाँले नगद रु २० हजार प्राप्त गर्नु भयो । यस्तै अभिषेक चर्चका एनिक सर्वाधिक गोलकर्ता वन्नु भएको छ । उहाँले प्रतियोगिताभर ६ गोल गर्दै सर्वाधिक गोलकर्ता वन्नुभएको हो । उहाँले रु १० हजार प्राप्त गर्नु भयो । जुनियर प्रहरी अधिकृत शिक्षालयका सन्जित श्रेष्ठ उत्कृष्ठ गोल रक्षक, अभिषेक चर्चका मान बहादुर तामाङ उत्कृष्ठ डिफेन्डर तथा जुनियर प्रहरी अधिकृत शिक्षालयका प्रताप गुरुङ उत्कृष्ठ मिडफिल्डर घोषित हुनु भएको थियो । उहाँहरुले जनही रु १०÷१० हजार प्राप्त गर्नु भएको थियो ।
प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो । खेल जेठ २४ गतेवाट सुरु भएको हो ।