
चितवनः नारायणगढ मुग्लीन सडकमा पर्यटक बसले कारलाई ठक्कर दिदा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाका ४८ वर्षीय होम बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
नारायणगढवाट मुग्लीन तर्फ जाँदै गरेको बा १ प ५०५ नम्बरको पर्यटक बसले विपरित दिशावाट आउँदै गरेको ग १ च ७३०८ नम्बरको कारलाई भरतपुर महानगरपालिका २९ रिग्दी खोलामा ठक्कर दिँदा ५ जना घाईते भएका थिए । उनिहरुमध्ये थापाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते मध्य दुई जनाको अवस्था गम्भिर रहेको छ भने अन्य दुई जनाको अवस्था सामान्य रहेको छ ।
घाईते मध्ये २ जनाको चितवन मेडिकल कलेजमा, १ जनाको भरतपुर अस्पतालमा र एक जनाको पुरानो मेडीकल कलेजमा उपचार भईरहेको छ ।