चितवनः उपराष्ट्रपति नन्दवहादुर पुनले मानव सभ्यता संस्कृतिको ईतिहासका रुपमा देवघाट रहेको वताउनु भएको छ । आज देवघाट धामको दर्शन तथा निरिक्षण पछि उहाँले यो सभ्यता र संस्कृतिलाई जोगाई राख्नु आवश्यक रहेको वताउनु भयो ।
धर्म संस्कृति, र संस्कारको सवैले मिलेर जोगउन आवश्यक रहेको उहाँको भनाई थियो । संस्कार, संस्कृति र धर्मको संगमका रुपमा रहेको यस क्षेत्रको विकासका लागि आँफुले सरकारको ध्यान केन्द्रित गराउने उहाँले वताउनु भयो । सनातन देखि चलि आएको संस्कार र संस्कृतिको संरक्षण गर्नु सवैको दायीत्व भएको हो उहाँले भन्नुभयो ।
देशको विकासका लागि धार्मिक पर्यटन क्षेत्रको विकास गर्नु आवश्यक रहेको वताउँदै उहाँले यहाँ धार्मिक पर्यटनको भित्र्याउन सकीने वताउनु भयो । गलेश्वर आश्रममा उहाँको स्वागत पछि वोल्दै पुनले धार्मीक पर्यटनको विकासमा सवै लाग्नु पर्ने वताउनु भयो ।
सनातन पूर्वीय दर्शन र सभ्यताको संरक्षण गर्नु पर्ने भन्दै यस अभियानमा जुट्ने विभिन्न सामाजिक संघ संस्था र व्यक्तिहरु प्रति उहाँले आभार प्रकट गर्नु भयो । देवघाट क्षेत्रको महिमाको वारेमा वर्णन गर्दै यसको विकासका लागि प्राथमीकतामा राख्न सरकारलाई सुझाव दिने वताउनु भयो ।
नेपाल विभिन्न धर्म संस्कृतिको धनि देश भएको भन्दै यसको संरक्षण र विकासमा जोड दिनु पर्ने उहाँको भनाई थियो । सो अवसरमा उपराष्ट्रपति पुनले हरिहर सन्याश आश्रम, परमानन्द संस्कृत विद्यापिठ, वेनी संगम, अघोर आश्रम, वशिष्ठ गुफा, सिता गुफा, सिद्धेश्वर शिवालय मन्दिर, गलेश्वर आश्रम, महेश सन्यास आश्रम, विध्येश्वर मन्दिरको दर्शन गर्नु भएको थियो ।
उपराष्ट्रपति पुनलाई देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिव पौडेलले स्वागत एवं समग्र देवघाट क्षेत्रको भ्रमण र वस्तुस्थितीको वारेमा जानकारी गराउनु भएको थियो । पौडेलका अनुसार पहिलो पटक देवघाट पुग्नु भएका पुनले त्यस क्षेत्रको विकासका लागि आफ्नो तर्फवाट सक्दो पहल गर्ने जानकारी दिनु भएको छ । देवघाटको महिमा सुनेर र अवलोकन गरेर उपराष्ट्रपति पुन निकै प्रभावित वन्नु भएको पौडेलले वताउनु भयो ।