चितवनः आज पाँचौ अन्तर्राष्ट्रिय योग दिवस । देशभर विभिन्न कार्यक्रमहरु गरि मनाईएको छ । मानव शरिरका लागि योग अहिलेको समयमा अपरिहार्य वन्दै आएको छ ।
यसै सन्दर्भमा देशभर विभिन्न संघ संस्थाहरुले विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेका छन् । यसै क्रममा चितवनमा पनि पतञ्जली योग समिति चितवनले एक दिवसीय योग शिविर सम्पन्न गर्यो । समितिले आज विहान ५ वजेका लागि उपराष्ट्रपति सहिति जिल्लाका प्रमुख एवं प्रतिष्ठित व्याक्तिहरुलाई वोलाएको थियो ।
वास्तवमा योग शिविर भने पछि उद्घाटन कार्यक्रम छोटो वनाएर आगन्तुकहरुलाई योगका माध्यमवाट कसरी स्वस्थ रहनु पर्छभन्ने सिकाउन जरुरत थियो । कार्यक्रममा निर्धारीत समय भन्दा करिव ४० मिनेट ढिला सुरु भयो । कार्यक्रम सुरु भए पछि योगको सुरुवात हुनु पर्नेमा योग गर्न आएकाहरुलाई पट्यार लाग्ने गरी भाषण सुनाईयो । जसका कारण योग शिविरमा आएकाहरु पट्याल लागेर यता उता हिड्न लागेका थिए । करिव १ घण्टा भाषण मात्रै सुनाईयो । तर योगवाट के फाईदा हुन्छ भन्ने विषयमा खासै कसैले पनि वोलेको पाईएन ।
योग गर्न आएका मानिसहरु आत्नु आयोजकको चिन्ताको विषय थिएन । उनिहरुले यो पनि हेक्का राख्न सकेनन् की कार्यक्रम यो होईन योग गराएर स्वस्थ राख्ने हो भनेर । कार्यक्रममा करिव पाँच जनाले संम्वोधन गरे । कार्यक्रमको उदेश्य अनुसार स्वागत पछि प्रमुख अतिथिको मन्तव्य पछि सिधै योगका कृयाकलापमा लैजानु पर्ने थियो । तर त्यसो भएन ।
अन्तर्राष्ट्रिय योग दिवस समारोह समिति चितवनका संयोजक ज्ञानेन्द्र विक्रम महतको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्वर ३ का अध्यक्ष नारायण दाहाल, प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेत, टंकनाथ पौडेल, रामप्रसाद वस्ती लगाएतले वोल्नु भएको थियो ।
कार्यक्रम आयोजकले पनि वुझ्नु पर्ने कुरा काम एकातिर कुम्लोवोकी ठिमितिर गर्नु भएन नी ।

प्रतिक्रिया दिनुहोस !