चितवनः आफ्नो विद्यालयमा विद्यार्थी कम भए पछि चितवनवाट विद्यार्थी लैजाने क्रममा गोर्खाको एक विद्यालयका प्रध्यानध्यापकलाई पक्राउ गरेको छ । उनको साथवाट ४१ जना चेपाङ् वालवालीकालाई उद्धार गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेतले जानकारी दिनु भयो । उहाँका अनुसार पूर्वी चितवनको राप्ती नगरपालिकावाट गोर्खा तर्फ लैजाँदै गरेका ४१ जना चेपाङ् वालवालीकालाई स्थानीय प्रशासनले आज उद्धार गरिएको हो । राप्ती नगरपालीका वडा नम्वर १३ का ४१ जना वालवालीका र १३ जना अभिभावकलाई गोर्खाको सिरानचोक गाउँपालीका वडा नम्वर ४ छोप्राक तर्फ लैजाँदै गर्दा भरतपुरको गोन्द्राङ्वाट उद्धार गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेतका अनुसार सुचनाका आधारमा प्रहरी चौकी गोन्द्राङ्लाई परिचालन गरि ती वालवालीका, अभिभावक र छोप्राकको एक विद्यालयका प्रध्यानाध्यापकलाई आज दिउँसो नियन्त्रणमा लिईएको हो । प्रमुख जिल्ला अधिकारी वस्नेतले वालकल्याण समितिको निर्णय विना वालवालीका ओसार पसार गर्न नपाईने जानकारी दिनु भयो ।
उद्धार गरिएका वालवालीका र अभिभावकलाई राप्ती नगरपालिकालाई वुझाउने र पक्राउ परेका प्रध्यानाध्यापकलाई थप अनुसन्धन गरिने प्रहरी उपरिक्षक दानवहादुर मल्लले जानकारी दिनु भयो । वालवालीका ओसारपसार गर्नुको कारणका वारेमा अनुसन्धान गरिने उहाँले वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !