
चितवनः पूर्वि चितवनको राप्ती नगरपालिकामा एक शिक्षक माथि कालोमोसो दलिएको छ । राप्ती नगरपालिका वडा नम्वर १० मा रहेको राष्ट्रिय आधारभूत विद्यालय पोखरीका प्रध्यानाध्यापक सन्त वहादुर विकलाई नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहले कालोेमोसो दलेको हो ।
राप्ती नगरपालिका प्रमुख प्रभा वरालका अनुसार विकलाई विहान १० वजे कालोमोसो दलीएको थियो । पढाई राखेको समयमा कालोमोसो दल्नुका साथै कुटपिट गरेपछि अहिले विद्यालयको पठनपाठन अवरुद्ध वनेको छ ।
घरायसी विवादका कारण श्रीमतिले स्थानीय जनपरिषदमा निवेदन दिए पछि जन परिषदको नाममा कारवाहि स्वरुप कालोमोसो दल्ने र कुटपिट गर्ने काम भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दान वहादुर मल्लाका अनुसार विद्यालयमा पढाई रहेको समयमा कक्षा कोठावाट वाहिर वोलाई विकलाई कालोमोसो दल्ने काम भएको थियो ।
घटना भए लगतै जिल्लाको सुरक्षा व्यवस्था कडा वनाईएको मल्लले जानकारी दिनु भयो । घटना स्थल भण्डारा वजारवाट ८ किलो मिटर उत्तर तर्फ पर्दछ । अहिले घटना स्थलमा प्रहरी पुगि सकेको र शिक्षक माथि कारवाहि गर्नेको खोजि कार्य तिव्र वनाईएको उहाँले वताउनु भयो ।
सुरक्षा निकायको प्रत्यक्ष निगरानी नभएको स्थान भएकाले सो समुहले आफ्नो गतिविधिलाई वढाउन थालेको छ । यसलाई नियन्त्रर्ण गर्न जिल्ला प्रहरी कार्यालय चितवनले पहाडी क्षेत्र देखि समथर भूभाग सम्म अभियान संञ्चालन गर्ने उहाँले वताउनु भयो ।