चितवनः पृथ्वी राजमागर्मा स्कुटर अनियन्त्रीत भई पल्टिदाँ दूई जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनको ईच्छाकमना गाउँपालिका वडा नम्वर ५ मा स्कुटर आफैँ अनीयन्त्रीत भई पल्टीदाँ दुई जना घाईते भएका छन् ।
बिहान २ः४० बजे पोखरा जाने पुल नजिकै पृथ्वी मार्गमा मुग्लीनबाट पोखरा जादँै गरेको २–०३००१ प ७४९९ नं को स्कुटर आफै अनीयन्त्रीत भई पल्टीदाँ स्कुटर चालक स्याङजाका अन्दाजी २१ वषीय कविन्द्र थापा र पछाडी सवार धादीङका २३ वर्षीय साजन घले घाईते भएका हुन ।
घाईते मध्ये चालक थापाको अवस्था गम्भिर रहेको छ भने पछाडी सवार घलेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनीहरु दुवैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।







