
चितवनः चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएसी)ले आफ्नो समाजिक कार्यलाई तीव्र पारेको छ ।
प्रत्यक्ष चिकित्सकहरुको स्वास्थ्य सेवाको पहुँच भन्दा बाहिर रहेका जनतालाई सेवा दिन निशुल्क स्वास्थ्य शिविर गर्दै आएको यस संस्थाले गोर्खाको भच्चेकमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
गाउँमा पुगेर उनीहरुकै गाउँमा उपचार चिकित्सकहरुसहित निशुल्क उपचार गरिएको थियो । गोरखाको अजिरकोट गाउँपालिकाको सहकार्यमा सिएसीले आफ्नो ९५ र्औँ शिविर भच्चेक स्वास्थ्य चौकीमा चर्म रोग (छाला) तथा विशेषज्ञसहितको गरेको प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले जानकारी दिनुभयो ।
विगत ११ बर्षदेखि मेडिकल सिटी चितवनमा गुणस्तरीय स्वास्थ्य सेवा दिदै आएको छ । कलेजले आफ्नो समाजिक उत्तर दायित्व अन्र्तगत ग्रामिण भेगमा पुगेर प्रत्यक्ष रुपमा विशेषज्ञसहितको निशुल्क उपचार सेवा दिने गरेको उहाँले प्रस्ट पार्नु भयो ।
शिविरमा अस्पतालका प्रो.डा.शित्तल अधिकारी, न्यूरो सर्जन डा.अजित श्रेष्ठ, छाला रोग विशेषज्ञ डा.प्रतिक्षा थापा, रेडियोलोजिष्ट डा. विज्ञान पौडेलसहितको १० जनाको विशेषज्ञ टिम उपचार दिन गाउँमा नै पुगेर विरामीहरु स्वास्थ्य परिक्षण गर्नु भएको थियो ।
अभियान अर्नगत गोरखा जिल्लाको भच्चेकमा आयोजित शिविरमा ३ सय जना महिलासहित ५ सय ६० जनाको स्वास्थ्य परिक्षण गरिएको थियो ।
शिविरमा पेट, क्यान्सर, ढाड दुख्ने, कान, छाला, पाठेघर, छाती, टाउको सम्बन्धी समस्या धेरै भएका विरामीहरु भेटिएको अस्पतालका बरिष्ठ प्रो.डा.शित्तल अधिकारीले जनाकारी दिनुभयो ।
सोही अवसरमा निशुल्क औषधी वितरण समेत गरिएको थियो ।