चितवनः जिल्ला प्रहरी कार्यालय चितवनले लागु औषध नियन्त्रण अप्रेसन सुरु गरेको छ । कार्यालयका प्रमुख प्रहरी उपरिक्षक दानवहादुर मल्लले प्रहरी सेटवाट सवै मातहतलाई निर्देशन दिदै कार्यक्रमको औपचारीक उद्घाटन गर्नु भएको हो ।

अन्तराष्ट्रिय लागु औषध बिरुद्धको सप्ताह व्यापी कार्यक्रम अन्र्तगत आज देखि अप्रेसन सुरु गरिएको हो । अप्रेसनका क्रममा लागुऔषध प्रयोग गर्ने स्थान, प्रयोग कर्ताको पहिचान गर्दै नियन्त्रर्णमा लिएर उनिहरु मार्फत नै सचेतना जगाउने मल्लले जानकारी दिनु भयो ।

मल्लका अनुसार अहिले प्रहरीले लागु औषध प्रयोग गर्ने स्थानको पहिचान गरि सकेको छ । त्यस स्थानमा मातहतले निग्रानि वढाउँदै वेच विखन गर्नेलाई पक्राउ गरि कारवाहि गर्ने र सेवन गर्नेका अभिभावकलाई समेत ल्याई अभिमुखिकरण कार्यक्रम संञ्चालन गरिने मल्लले वताउनु भयो ।

उहाँका अनुसार यो अप्रेसन लागुऔषध नियन्त्रर्ण नहुँदा सम्म चलि रहने छ । यसका लागि जिल्लाका सवै प्रहरी परिचालन गरिने छ । त्यस वाहेक कार्यालयले १० जनाको विशेष टोलि समेत परिचालन गरेको उहाँले वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !