चितवनः कारागार कार्यालय भरतपुरमा सुरक्षाको चिन्ता थपिदै गएको छ । कारागार कार्यालयमा कैदी वन्दीको चाप वढे संगै सुरक्षाको चिन्ता वढ्दै गएको हो ।
कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार कारागारमा रहेका कैदी वन्दीको चाप वढ्दै जानु र ५ वर्ष अघिको सुरक्षाले काम गर्नु पर्ने वाध्यता रहेको वताउनु भयो । अस्पताल र अदालत गर्दा खेरीनै सुरक्षा कर्मीहरुको परिचालन गर्नु पर्ने भएकाले अहिलेको सुरक्षा कर्मी अपुग भएको उहाँको भनाई छ ।

दुई सय असि जनाको क्षमता रहेको कार्यालयमा देशका विभिन्न जिल्लावाट आएका सहित गरि अहिले ७ सय ५८ जना कैदि वन्दी रहेका छन् । ती मध्ये ८५ जना दिर्घ रोगी रहेको उहाँले वताउनु भयो । कार्यालयका अनुसार दैनिक ५ जनालाई अस्पताल पठाउन र सोहि संख्यामा अदालत पठाउनु पर्ने हुन्छ । उनीहरुका लागि ८÷८ जना सुरक्षा कर्मीको व्यवस्था गर्नु पर्ने हुन्छ । त्यो संगै कार्यालयमा रहेका ८ वटा पोष्टमा तीन जनाको दरले राख्नु पर्ने हुन्छ । जसका लागि २४ जना सुरक्षा कर्मी आवश्यक रहेको काफ्लेले वताउनु भयो । आवश्यक सुरक्षाकर्मीको अभावमा कार्यालयमा २ सय ८० जनाका कैदी वन्दीका लागि तोकीएको २४ जना सुरक्षा कर्मीको भरामा कारागारको सुरक्षा गरि राखिएको छ ।
कारागारको क्षमता भन्दा वढि कैदी वन्दी भएका कारण केहि समस्या देखिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेतले जानकारी दिनु भयो । २ सय ८० जनाको क्षमता अनुसार सुरक्षा व्यवस्था गरिएको भन्दै उहाँले कैदी वन्दीको चापलाई मध्यनजर गर्दै सुरक्षाकर्मी थप गर्न लागिएको उहाँले वताउनु भयो । भूकम्पका कारण चितवन वसाई सराई गरेर आउने संगै अन्य दृष्ट्रिकोणले पनि जिल्लाको जनंख्या वृद्धि अनुपातमा प्रहरी दरवन्दी नहुँदा समस्या आएको उहाँको भनाई छ ।
अहिले रहेको प्रहरी दरवन्दिले जिल्लाको सुरक्षा संगै सम्बेदनशिल क्षेत्रहरुको सुरक्षा गर्नु पर्ने भएकाले व्यवस्थापनमा कठिन भएको उहाँले वताउनु भयो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दानवहादुर मल्लले कारागारको सुरक्षा सम्वेदनशिलतालाई हेरेर सुरक्षा कर्मी थप गरिने वताउनु भयो । तत्कालका लागि ३ जना थप पठाईएको वताउँदै उहाँले यसै वर्ष माग भए अनुसराको सुरक्षा कर्मी पठाउने तयारी भईरहेको वताउनु भयो ।
कारागार कार्यालय चितवनमा हाल छिमेकी जिल्ला नवलपुरवाट सवै र मकवानपुरवाट महिला कैदी वन्दी पठाउने गरिएको छ । यो संगै अन्य जिल्लाहरुवाट पनि विरामी कैदी वन्दी पठाउने हुँदा यहाँ चाप वढेको हो । कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा मात्रै विभिन्न जिल्लावाट गरि ४ सय ८ जना कैदि वन्दी चितवन पठाईएको छ ।
जिल्लामा रहेका ६६ प्रहरी युनिटलाई नै सुरक्षा व्यवस्था मिलाउन अहिलेको दरवन्दिले अपुग रहेको उहाँले वताउनु भयो । जिल्लामा हाल ७ सय ४५ जनाको दरवन्दि रहेको भए पनि कार्यरत ६ सय ८४ जना मात्रै कार्यरत रहेका छन् । हाल जिल्लाको सुरक्षाका लागि २ हजार १ सय जना दरवन्दि आवश्यक रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !