
चितवनः नेपाल अण्डा उत्पादक संघ केन्द्रीय समिति आरोप प्रत्यारोपमा उत्रिएको छ । संघमा अध्यक्ष त्रिलोचन कँडेल र निवर्तमान अध्यक्ष शिवराम केसीको नेतृत्वमा विवाद वढ्दै गएको हो ।
संघको सौराहामा आयोजित १५ औं साधारण सभामा विवाद देखिए संगै एक समुहले केसीलाई अध्यक्ष वनाएर अघि वढेका छन् । व्यावसायीक संघ संस्थाहरुले भने कँडेलनै अध्यक्ष भएको भन्दौ विज्ञप्ती समेत जारी गरि सकेका छन् ।
यसै विच आज केसी समुहले भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरि साधारण सभामा अध्यक्ष कँडेलले राजीनामा दिए संगै केसीको नेतृत्वमा समिति गठन गरिएको जानकारी गराएको छ । केसी नेतृत्वकै पदाधिकारी वैध भएको सो अवसरमा जानकारी दिईएको थियो । पत्रकार सम्मेलनमा वोल्दै केसीले अण्डा उत्पादक संघको केन्द्रीय समितिनै विदेशी लगानीको संरक्षकहरुको जंगोलमा फसेर कृषकको हितमा काम गर्न नसकेको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो “पोल्ट्री क्षेत्रमा विदेशी लगानी भित्र्याउन चाहने महासंघका अध्यक्ष र ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्षले नैतिकताको हिसावमा राजाीनामा दिनु पर्छ ।” दुईवटै अध्यक्ष वैदेशीक लगानिको संरक्षक भएका कारण उहाँहरुले राजिनामा दिनु पर्ने उहाँको तर्क थियो ।
नेपाल पोल्ट्री व्यवसायी महासंघ समेत वैधानीक नभएको केसीले वताउनु भयो । वैधानीक नभएको संस्थाले अरुलाई वैधानीकता दिनु हास्यस्पद रहेको उहाँको भनाई थियो । हरेक ३ वर्षमा अधिवेसन र साधारण सभा वर्षको एक पटक गर्नु पर्ने महासंघको विधानमा भए पनि अहिले सम्म त्यो हुन नसकेको उहाँले सो अवसरमा जानकारी दिनु भयो ।
वर्तमान अवस्थामा पोल्ट्री व्यवसायीहरु आईसियुवमा रहेको भन्दै उहाँले अहिलेको नेतृत्वले आईयुवाट वाहिर ल्याउन नसकेका कारण कृषकहरुले अविश्वासको मत लगि नयाँ नेतृत्व चयन गरेको वताउनु भयो । १४ औ वार्षिक साधारण सभा तथा अधिवेशनबाट चयन भएको समितिले कृषकका समस्या समाधान गर्न उचित पहल नगरेका कारण साधारण सभावाटै नयाँ नेतृत्व चयन गरिएको सो अवसरमा जानकारी गराईएको थियो ।
केसी नेतृत्वमा रहेको संघले व्यवसायमा देखा परेका समस्या समाधान गर्न नेपाल सरकारलाई चार वुद्दे माग समेत अघि सारेको छ । मागहरुमा पोल्ट्री व्यवसायमा संकटकाल घोषणा गर्नु पर्ने, वर्डफ्लु वाट भएको क्षतीको राहत यथासक्य छिटो उपलव्ध गराउनु पर्ने रहेको छ । यस्तै नेपाल राष्ट्र वैंकले कर्जा प्रवाह गर्न नविकरण प्रकृया सहज र व्याजदरमा समयानुकुल परिवर्तन गर्ने व्यवस्था मिलाउनु पर्ने, वैज्ञानीक तरिकावाट अण्डा उत्पादन र कुखुराको मासुको मुल्य निर्धारण गरी वजारीकरण गर्ने व्यवस्था मिलाउनु पर्ने रहेका छन् ।
यसैविच नेपाल अण्डा व्यवसायी संघको केन्द्रिय अध्यक्षको दावि गर्दै शिवराम केसीले पदभार ग्रहण गर्नुभएको छ । उहाँले आज नारायणगढमा रहेको संघको केन्द्रीय कार्यलयमा पदभार ग्रहण गर्नुभएको हो ।
यस अघि कार्यालयमा लगाईएको ताला फोरेर अध्यक्षतको कार्यकक्षमा आसन ग्रहण गर्नु भएको थियो । आसन ग्रहण गर्दै केसीले आज बाट नयाँ नेतृत्वले बैधानिक रुपमा कामको थालनि गरेको बताउनुभयो ।
किसानहरु संगै कार्यकक्षमा प्रवेश गरेका अध्यक्ष केसीले अण्डा उत्पादक किसानका समस्याका बारेमा सरकार संग छलफल गरी समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो ।