चितवनः नेपाली काँग्रेस चितवनले पार्टीको जागरण अभियान सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पुर्णलाई आभार व्यक्त गरेको छ । काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा वसेको नियमीत वैठकले जागरण अभियान सम्पन्न गर्न सहयोग गर्ने भातृ संस्था, सुभेच्छुक संस्था एवं कार्यकर्ताहरुको सक्रिय सहभागिता रहेको भन्दै सहभागि सवैलाई आभार व्यक्त गरेको हो ।
जागरण अभियान चितवनमा प्रभावकारी रुपमा सम्पन्न भएको वैठकले निर्णय गरेको छ । अभियानमा देखिएको उत्साहपूर्ण सहभागिताले पार्टीलाई उर्जा मिलेको पार्टी सभापति श्रेष्ठले जानकारी दिनु भयो । यस्तै वैठकले नेपाली काँग्रेसका पूर्व सभापति स्व. गिरिजा प्रसाद कोईरालाको जन्मजयन्ती असार १८ गते जिल्ला भर भव्य रुपमा मनाउने निर्णय गरेको छ ।
जन्मजयन्ती मनाउनका लागि सातै स्थानीय तह र भातृ तथा सुभेच्छुक संघ संस्थाहरुलाई आग्रह गरिएको काँग्रेस चितवनका सचिव उत्तम जोशीले जानकारी दिनु भयो । जोशीका अनुसार वैठकमा भरतपुर महानगरपालिका वडा नम्वर २३ र २२ मा देखिएको वाटोको विवाद मिलाउनका लागि महानगरले स्थानीय वासिको मागलाई सम्बोधन गर्नु पर्ने विषयमा छलफल भएको छ । सडक निर्माणका क्रममा देखिएका समस्याहरु प्रति काँग्रेस चितवनले चासो व्यक्त गरेको छ ।
महानगरपालिका वडा नम्वर २३ मा सडक निर्माणका क्रममा स्थानीयको अवरोधका कारण निर्माणको काम रोकीएको प्रति काँग्रेसले चासो व्यक्त गरेको छ । जनताको मागलाई सम्वोधन गर्नु आजको आवश्यकता रहेको काँग्रेसले ठहर गरेको उहाँले जानकारी दिनु भयो ।
महानगरको नगर सभाको तयारीका क्रममा वडाहरुमा हुने गरेको वडा सम्मेलनको विषयमा समेत वैठकमा प्रवेश पाएको छ । सम्मेलनका क्रममा काँग्रेसले उठाएका मागहरुलाई वेवास्ता गर्ने गरेको भन्दै यसलाई चनाखोका साथ हेर्न वडा स्तरका कार्यकर्ताहरुलाई आग्रह गरिएको छ ।
वैठकले नेपाली काँग्रेसका सदस्यता जनस्तर सम्म पुर्याउने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस !