गुडीरहेको गाडीवाट हामफालेकी युवतिको मृत्यु

चितवनः गुडीरहेको गाडीवाट हाम फालेर घाईते भएकी एक महिलाको उपचारको क्रममा गए राती मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्वर ९ वस्ने ३६ वर्षिया वालिका आचार्य रहेकी छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार गत शनिवार आचार्य लु १ ख ६९९१ नम्वरको वसवाट हामफालेकी थिईन ।
पूर्वि चितवनवाट नारायणगढ तर्फ आउँदै गरेको वसवाट भरतपुर स्थित चौविसकोठीमा हाम फालेकी आचार्यको उपचाकरा क्रममा गए राती १२ः३० वजे पुरानो मेडीकल लकेजमा मृत्यु भएको हो । वस र चालक प्रहरी नियन्त्रर्णमा रहेको छ ।